Lucky-Khabar_

नेपाल इनोभेटिभ सोसाइटीद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज,२७ बैशाख

content ad p2

नेपाल इनोभेटिभ सोसाइटी पर्साको आयोजनामा “रक्तदान गरी गरौं जीवनदान” मूल मन्त्रका साथ शनिबार माईस्थान पार्क, वीरगंजमा एक खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष तथा समाजसेवी कमल चौगाईंको अध्यक्षतामा तथा पर्सा जिल्ला प्रशासन कार्यालयका प्रमुख गनेश अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल विशिष्ट अतिथि थिए।

रक्त संचार केन्द्र वीरगंजका सौरभराज पाण्डे, जितेन्द्र कुश्वाहा, र मनिष गुप्ता लगायतको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ६ जना महिलासहित ५९ जनाले रक्तदान गरेका थिए। रक्तदातामध्ये अस्मिता थापा, पूजा खत्री, ईसा बराल, समिक्षा लिंका, शोभा बस्नेत र कमल चौगाईं उल्लेखनीय थिए।

कार्यक्रमका संयोजक डा. प्रीती यादव रहनु भएको थियो भने उपाध्यक्ष निर्मल खत्री र सदस्य हरि गुप्ता, लालबाबु चौधरी लगायतको सहयोग उल्लेखनीय रह्यो।

विशेष उपस्थिति नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ताको रहेको थियो। साथै समाजसेवी प्रकाश उपाध्याय, प्रकाश चौधरी, राजेन्द्र भट्टराई, नारायणी अस्पतालका हेमा थापा र कल्पना पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, ग्रीनसिटी सामुदायिक प्रहरीका अध्यक्ष प्रकाश खेतान, सरोज चौधरी, देवेश मानवसेवा लगायतका उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर