Lucky-Khabar_

इभी गाडी आयातमा एकै आर्थिक वर्षमा करिब ५ अर्बको कर छलि भएको छ

३०बैसाख,वीरगञ्ज ।एकै आर्थिक वर्षमा करिब ५ अर्ब रुपैयाँ बराबरको नेपालमा विद्युतिय (इभी) गाडीको आयातमा भन्सार छलि भएको पत्ता लागेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा रसुवा र तातोपानी भन्सार नाकाबाट मात्रै यस्तो ठूलो राजस्व छलि भएको निष्कर्ष निकालेको हो।

विद्युतिय गाडीको पिक पावर (किलोवाट) कम देखाएर कम कर तिर्ने प्रवृत्ति बढ्दै गएको पाइएको छ । उदाहरणका लागि, शारदा ग्रुपले आयात गरेको गाडी कम्पनीको वेबसाइटमा १५० किलोवाट क्षमताको देखिए पनि नेपालमा ९९ किलोवाट देखाएर भन्सार छुट लिएको पाइएको छ । यस्तै गाडीमा समेत यस्तै कर छलि भएको दाबी गरिएको छ ।

सरकारले किलोवाटको आधारमा भन्सार महसुल तोक्ने व्यवस्था गरेको छ । १०० किलोवाटभन्दा माथिको गाडीलाई ३० प्रतिशत वा सोभन्दा बढी भन्सार महसुल लाग्ने भएकाले व्यापारीहरूले क्षमता घटाएर देखाउने गरेको महालेखा स्रोतले जनाएको छ।

अर्थमन्त्री, सचिवहरू लगायत सबै सरोकारवाला निकायलाई कर छलिको जानकारी हुँदाहुँदै पनि रोकथामको कुनै ठोस पहल नभएको आरोप लागिरहेको छ । भन्सार विभागले परीक्षणमा कमजोरी देखाएपछि सरोकारवाला कर्मचारीहरूको सरुवा गरिएको र हालको नेतृत्वले पनि चासो नदेखाएको भन्दै आलोचना भएको छ ।

content ad p2

सम्बन्धित खबर

साउनमा नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

लक्की खबर

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

लक्की खबर