Lucky-Khabar_

अंजुमन ईस्लामिया मुर्लि द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना , २१ जनाले गरे रक्तदान ।

लालबाबु सिंह
२७ जेष्ठ वीरगन्ज । अंजुमन ईस्लामिया मुर्लिले प्रत्येक वर्ष झै ईद उल अजहा बकरिद पर्वको अवसरमा मंगलबार वीरगन्ज मुर्लीको जामा मस्जिद प्राङ्गणमा रक्तदान कार्यक्रम सुसम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गर्नु भएको छ । रक्तदान गर्ने हरुमा असरफ अलि अन्सारी ,जावेद अन्सारी ,रियाज अन्सारी ,अकबर अन्सारी लगायत रक्तदाताहरुले आआफ्नो अमुल्य रगत दान गरि मानवता बलियो बनाएका हुन ।

अंजुमन ईस्लामिया मुर्लिका अध्यक्ष समाजसेवी हाजी सत्तार अन्सारीको अध्यक्षतामा भएको सो रक्तदान कार्यक्रममा अतिथिहरु सलाउदिन अन्सारी ,कबिर अन्सारी ,मुरतुजा अन्सारी ,हासिम मन्सुरी लगायत स्थानिय अग्रज युवाहरुको सहभागिता रहेको थियो ।

content ad p2

सो अवसरमा अध्यक्ष हाजी सत्तार अन्सारीले रक्तदान नै एउटा यस्तो कार्य हो जसमा कुनै जात धर्म धनी गरिब उच निच केही पनि नहेरी मानवता हेर्ने भएकोले र यसले जीवन बचाउने भएकोले जिवनदान भन्ने गरिन्छ, हामी सबैले नियमित रुपमा रक्तदान गरि मानवता बलियो बनाउन आग्रह गर्दै सम्पूर्ण रक्तदाताहरु प्रती आभार जताउदै शुभकामना दिएका थिए ।

सो अवसरमा कोषाध्यक्ष युवा समाजसेवी असलम अन्सारीले रक्तदान नै जिवनदान भएकोले र अहिलेको बढदो गर्मिको समयमा वीरगन्ज आसपासको क्षेत्रमा रगतको अभाव भैरहेकोले रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी गराउदै सम्पुर्णलाई आआफ्नो क्षेत्रमा रक्तदान गरि मानवता बलियो बनाउन आग्रह गर्दै सम्पुर्ण रक्तदाता ,सहयोगी हातहरु प्रती आभार जताउनु भयो ।
रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ राज पाण्डेयको नेतृत्वमा रहेको प्राविधिक स्वयंसेवक टोलिले रक्तदान कार्यक्रममा रक्तदाताहरु लाइ सघाएका थिए ।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर