Lucky-Khabar_

वीरगंजको नेशनल मडिकल कलेजले नेपाल प्रहरी, भुतपुर्व प्रहरी र प्रहरीका परिवारहरुलाई स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था

२७ जेठवीरगंज । नेशनल मडिकल कलेज वीरगंजले नेपाल प्रहरी, भुतपुर्व प्रहरी र प्रहरीका परिवारहरुलाई स्वास्थ्य सेवा विशेष छुट उपलब्ध गराउने भएकाे छ । छुट प्रदान गर्नकाे लागि नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय, पर्सा बीच आज दुई पक्षिय सम्झाैता भएकाे छ ।

सम्पन्न सम्झाैता अनुसार नेपाल प्रहरीमा कार्यरत बहालवाला, भुतपुर्व नेपाल प्रहरी कर्मचारीहरु तथा निजका आश्रित परिवारजनहरुलाई बिभिन्न स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुबिधा उपलब्ध गराइने छ । सम्झाैतामा मेडिकल कलेजकाे तर्फबाट कलेजका प्रबन्धक शहानवाज अन्सारी र नेपाल प्रहरीकाे तर्फबाट जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गाैतम मिश्रले हस्ताक्षर गरेका छन् ।

अस्पताले स्वास्थ्य सुविधा अन्तर्गत नेपाल प्रहरीका नेपाल प्रहरीमा कार्यरत बहालवाला, भुतपुर्व नेपाल प्रहरी कर्मचारीहरु तथा निजका आश्रित परिवारजनहरुलाई ८ देखि ५० प्रतिशत सम्म छुट प्रदान गर्ने नेशनल मेडिकल कलेजका प्रबन्धक शाहनवाज अंसारीले जानकारी दिए ।

उनका अनुसार अस्पताले बहालवाला नेपाल प्रहरीलाई ओपिडि टिकटकमा ५० प्रतिशत, बेड, केविन, आइसियु, एनआईसियु, पिआईसियु बेड चार्जमा २५ प्रतिशत, भिडियाे एक्सरे, एक्सरे, इसिजि लगायतकाे सेवामा पनि २५ प्रतिशत छुट प्रदान गर्ने छ ।

content ad p2

यसैगरी भूतपूर्व नेपाल प्रहरी कर्मचारीहरु र निजहरुका आश्रित परिवारजनहरुलाई समेत ओपिडि टिकटकमा ५०%, बेड, केविन, आइसियु, एनआईसियु, पिआईसियु बेड चार्जमा २० प्रतिशत, भिडियाे एक्सरे, एक्सरे, इसिजि लगायतकाे सेवामा पनि २० प्रतिशत छुट प्रदान गरिने अस्पतालले जनाएकाे छ ।

साे अवसरमा कलेजमा संचालक प्रो.डा. जैनुदिन अन्सारी, मार्केटिङ तथा एडमिसन निर्देशक आविद हुसैन अन्सारी, प्रहरी नायब उपरिक्षक सुबास भट्ट लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर