राम सुन्दर आर्य
९साउन, काठमाडौं। काठमाडौं नेशनल मेडिकल कलेज आगामी शुक्रबारदेखि काठमाडौंको घट्टिकुलो,अनामनगरमा औपचारिक रूपमा सञ्चालन भएको छ ।

नयाँ मेडिकल सेवाको शुभारम्भबारे जानकारी दिँदै, बिरामीलाई गुणस्तरीय, सुलभ र विश्वासिलो सेवा दिने कलेजका सञ्चालक बसरुद्दीन अन्सारीले प्रतिवद्धता जनाएका छन् ।
अन्सारी यसअघि नेशनल मेडिकल कलेज २५ वर्षसम्म सञ्चालन गरेका थिए भने पछिल्ला चार वर्ष नेपाल मेडिकल कलेजको सञ्चालनमा संलग्न थिए । अब उनले काठमाडौंको केन्द्रमा नयाँ मेडिकल कलेजमार्फत सेवा विस्तार गर्न लागेका हुन् ।

उक्त कलेजबाट बिरामीले मेडिकल सर्जरी, गाइनोपेडिया, न्युरो, थाइराइड लगायतका सुपर स्पेसलाइज्ड सेवा पाउने छन् भनि सञ्चालक अन्सारीले बताएका छन्| ।उनले आवश्यक मेडिकल उपकरणहरूको जडान कार्य भइरहेको र एमआरआई, सिटी स्क्यान जस्ता प्रविधिहरू समेत तीन महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिए ।
अस्पतालमा १५ बेडको आइसीयू, १५ बेडको एचडीयू, १५ बेडको नियोनेटल आइसीयू र १६ बेडको इमर्जेन्सी वार्ड र १७४ बेड क्षमतासहितको संरचना पूर्णरुपले त्यार भइसकेको छ ।यी सबै त्यार भएपनि, प्रारम्भिक चरणमा १०० बेडको स्वीकृति लिएर सञ्चालनमा ल्याइने भएको छ ।
पछिल्लो समय ठूलो संख्यामा नेपाली विद्यार्थीहरू मेडिकल शिक्षा तथा उपचारको लागि विदेशिने क्रम बढिरहेको उल्लेख गर्दै, त्यस प्रवृत्तिमा रोक लगाउने उद्देश्यले आफ्ना प्रयास अगाडि बढाएको अन्सारीले बताए । ‘हामी सुविधा र सेवामा कुनै सम्झौता गर्ने छैनौं । हाम्रो दर सरकारी दरभन्दा अधिकतम १० प्रतिशत मात्र माथि हुने छ भने निजी अस्पतालभन्दा ५० प्रतिशतसम्म सस्तो हुनेछ ।’उनले भने|
सञ्चालक अन्सारीले बताए अनुसार, काठमाडौं उपत्यकामा धेरै सुविधायुक्त अस्पतालहरू भएपनि नेशनल मेडिकल कलेज सेवा भावनाका साथ फरक पहिचान लिएर अघि बढ्ने छ । ‘यहाँ रहेका नर्स, डाक्टर सबै अनुभवी र दक्ष छन्,’ उनले भने ।
आफु सेवा सेवा दिन आएको बताउँदै नाफा कमाउने उद्देश्य नरहेको बताए । उनले २५ वर्षको अनुभवका आधारमा बिरामीलाई अत्याधुनिक सेवा प्रदान गर्ने बताए । ‘हामी सेवा दिन आएका हौं, नाफा कमाउने उद्देश्य छैन । २५ वर्षको अनुभवका आधारमा यहाँका बिरामीलाई अत्याधुनिक सेवा प्रदान गर्नेछौं । हरेक तहमा गुणस्तर कायम राखिनेछ ।’उनले जनाए |
‘हामीसँग सुविधा, दर र सेवा तीनै क्षेत्रमा सन्तुलन छ । जनताको अपेक्षा अनुसारको सेवा दिन हामी तयार छौं । हाम्रो उद्देश्य पैसा होइन, प्रतिष्ठा र विश्वास कमाउनु हो ।’काठमाडौंको मुटुमा अवस्थित काठमाडौं नेशनल मेडिकल कलेजले सुलभ, गुणस्तरीय र भरपर्दो सेवा दिने अपेक्षा गरिएको उनले बताएका छ ।
कलेजका सञ्चालक बसरुद्दीन अन्सारीले चिकित्सा क्षेत्रमै लामो अनुभव बोकेका अन्सारीले नेतृत्व गरेको यो संस्थाले बजारमा प्रतिस्पर्धा मात्र होइन, सेवा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरेको छ ।काठमाडौं नेशनल मेडिकल कलेज आगामी शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । नयाँ मेडिकल सेवाको शुभारम्भबारे जानकारी दिँदै, बिरामीलाई गुणस्तरीय, सुलभ र विश्वासिलो सेवा दिने प्रतिवद्धता जनाएका छन् ।
अन्सारी यसअघि नेशनल मेडिकल कलेज २५ वर्षसम्म सञ्चालन गरेका थिए भने पछिल्ला चार वर्ष नेपाल मेडिकल कलेजको सञ्चालनमा संलग्न थिए । अब उनले काठमाडौंको केन्द्रमा नयाँ मेडिकल कलेजमार्फत सेवा विस्तार गर्न लागेका हुन् । उक्त कलेजबाट बिरामीले मेडिकल सर्जरी, गाइनोपेडिया, न्युरो, थाइराइड लगायतका सुपर स्पेसलाइज्ड सेवा पाउने छन् ।उनले भने |
आवश्यक मेडिकल उपकरणहरूको जडान कार्य भइरहेको र एमआरआई, सिटी स्क्यान जस्ता प्रविधिहरू समेत तीन महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी उनले दिए ।






