Lucky-Khabar_

चितवनमा पौने ७ क्विन्टल गाँजा सहित भारतीय चालक पक्राउ

१० साउन,चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले अवैधानिक रूपमा भारततर्फ निर्यात गर्न लागिएको ठूलो परिमाणको पौने ६ सय ७१ किलोग्राम गाँजा सहित भारतीय चालक पक्राउ गरेको छ। उक्त ट्रक आज बिहान करिब ४ बजे चितवन प्रहरीले नियन्त्रणमा लिएको हो।

content ad p2


का अनुसार, चितवन हुँदै भारततर्फ लैजान लागेको अवस्थामा राप्ती नगरपालिका १, लोथर पुल नजिकैबाट उक्त गाँजा बरामद गरिएको हो चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले बताएको छ |

भारतबाट नेपाल आएको यूपी ८२ टी ३९२१ नम्बरको भारतीय ट्रकको अगाडि ड्राइभर बस्ने सिटमाथि ’फल्स बटम’ बनाएर त्यसमा ४३ वटा प्याकेट बनाएर लुकाइराखेको अवस्थामा प्रहरीले गाँजा फेला पारेको थियो।

गाँजासँगै प्रहरीले ट्रक र चालक शेख सविल अख्तरलाई पनि नियन्त्रणमा लिएको छ। ३७ वर्षीय अख्तर भारतको पूर्वी चम्पारण जिल्लाको तुर्कालिया घर भएका व्यक्ति हुन्। प्रहरीले चालकसँग रहेको एक थान मोबाइल पनि बरामद गरेको जनाएको छ।

चितवनकै माथिल्लो भेगमा अवैधानिक रूपमा लगाइएको गाँजा भारत लैजाने सूचनाका आधारमा यो कारबाही गरिएको एसपी पुरीले जानकारी दिए। गाँजा तस्करीमा संलग्न अन्य व्यक्तिबारे पनि खोजी तथा अनुसन्धान भइरहेको चितवन प्रहरीले बताएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर