Lucky-Khabar_

रौतहट ट्राफिकमा नियम उल्लङ्घनबाट राजस्व १ करोड ४७ लाख संकलन, ८०८ दुर्घटनामा ६६ जनाको ज्यान गयो

राम सुन्दर आर्य
१० साउन, रौतहट।जिल्ला ट्राफिक रौतहटमा नियमको उल्लङ्घन गर्ने सवारीसाधनहरूलाई गरिएको कारबाहीबाट आर्थिक वर्ष २०८१–०८२ मा १ करोड ४७ लाख ३८ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ।

content ad p2


०८१ साउनदेखि ०८२ असार मसान्तसम्म १६ हजार १४८ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गरिएको थियो। उक्त कारबाहीबाट १ करोड,४७ लाख ३८ हजार राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले बताएको छ।

मासिक हिसाबमा औसत १ हजार ३५० भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन्, जुन ट्राफिक नियम उल्लङ्घनको गम्भीरता र व्यापकता देखाउँछ। यो तथ्याङ्कले ट्राफिक सचेतना र नियम पालना गराउने आवश्यकता अझै बढेको देखाउँछ।

सोही अवधिमा, रौतहट जिल्लाभर ८०८ सवारी दुर्घटना भएका छन्। यी दुर्घटनाहरूमा ६६ जनाले ज्यान गुमाएका छन् भने ९२ जना गम्भीर घाइते भएका छन्। सामान्य घाइतेको सङ्ख्या १ हजार १८४ रहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बढ्दो दुर्घटनालाई न्यून गर्न गत आर्थिक वर्षमा ४ हजार २०९ वटा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो। ती कार्यक्रमबाट ८८ हजार ३९ जनाले प्रत्यक्ष लाभ लिएका छन्, जसमा सवारी चालक, यात्री तथा सर्वसाधारण सहभागी थिए।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर