Lucky-Khabar_

स्थानीय बजारमा प्याजको भाउ घटेको छ | किलोको कति ?

११ साउन, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको पहिला भन्दा भाउ घटेर कारवार भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको तथ्यांकले प्याजको भाउ घटेको देखाएको हो ।

कालीमाटी बजारमा आज आइतबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि अधिकतम ३८ रुपैयाँसम्म किनबेच भइरहेको छ । हिजो शनिबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३८ देखि अधिकतम ४० रुपैयाँसम्म किनबेच भएको थियो ।

content ad p2

त्यस्तै शुक्रबार भने प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि ३९ रुपैयाँमा किनबेच भएको थियो । दुई साताअघि प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा किनबेच भएको थियो ।

दुई साताअघि प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा किनबेच भएको थियो ।अहिले बजारमा नेपाली र भारतीय दुवै प्याज किनबेच भइरहेका छन् ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर