Lucky-Khabar_

नेपाल प्रहरीमा आउँदैछ नयाँ आईजीपी, खापुङ आफ्नो ब्याचका एकल प्रतिस्पर्धी

२७साउन,काठमाडौं|नेपाल प्रहरीमा आउँदैछ नयाँ आईजीपी, खापुङ आफ्नो ब्याचका एकल प्रतिस्पर्धी भएको छ|प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा १९ भदौ २०५१ मा भर्ना भएका थापा ५ चैत २०८१ मा आईजीपीमा बढुवा भएका थिए । ६ महिना प्रहरी प्रमुख बनेका उनी अबको २२ दिनपछि बिदा हुँदै गर्दा ३२औं आईजीपी को बन्छन् भन्ने चर्चा सुरु भएको छ ।

content ad p2

चन्द्रकुवेर खापुङ ३२औं आईजीपीका लागि आफ्नो ब्याचको एकल प्रतिस्पर्धामा छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को निर्देशक (एआईजी)को जिम्मेवारीमा रहेका खापुङले अहिलेका आईजीपी थापासँगै इन्स्पेक्टर भर्नाका लागि फारम भरेका थिए ।तर, सँगै भर्ना भएका यो ब्याचका इन्स्पेक्टरहरूलाई तीन लटमा नियुक्ति दिइयो । पहिलो लटमा ५ चैत २०५१ मा नियुक्ति लिइएका ५३ जनामध्येबाट यसअघि नै बसन्तबहादुर कुँवर आईजी भएर ५ चैत २०८१ मा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएका थिए ।

थापा दोस्रो लटमा १९ भदौ २०५२ मा नियुक्ति लिएहरूमध्येबाट सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै आईजीपी बने । उनी पनि १८ भदौमा अवकाशमा जाने भएपछि तेस्रो लटमा नियुक्त भएका खापुङ अहिले एकल प्रतिस्पर्धामा छन् ।

थापासँगै तेस्रो लटमा नियुक्त भएका लालमणि आचार्य गत १० जेठमा ५६ एआईजीको ५६ वर्षे उमेर हदले अनिवार्य अवकाशमा गइसकेका छन् । खापुङसँगै इन्स्पेक्टरमा नियुक्त भएका अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल पनि एआईजीको ५६ वर्षे उमेर हदका कारण १५ भदौमा अनिवार्य अवकाशमा जाँदैछन् ।हाल प्रशासन विभाग प्रमुखको रूपमा रहेका पोखरेल पनि अवकाशमा जाने निश्चित रहेकाले खापुङ आफ्नो ब्याचका एकल प्रतिस्पर्धीको रूपमा छन् ।

खापुङआफ्नो ब्याचका एकल प्रतिस्पर्धी आईजीपी बनेको अवस्थामा उनी प्रहरीको इतिहासमै दोस्रो सबैभन्दा कम समय नेतृत्वमा रहन सक्ने सम्भावना छ । उनको पालामा पनि नयाँ ऐन जारी नभएको अवस्थामा विद्यमान प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी आगामी २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जान्छन् ।२ महिना ९ दिनका लागि उनी आईजी बन्ने सम्भावना रहन्छ । यसअघि प्रहरीको इतिहासमा सबैभन्दा कम समयका लागि तोरण शमशेर जबरा प्रहरी प्रमुख बनेका थिए । २८ चैत २०१२ मा आईजीपी बनेका उनी ३१ चैत २०१२ सम्म आईजीपी बनेका थिए ।

अच्युतकृष्ण खरेल भने दुई कार्यालय आईजीपी बनेकोले उनको कार्याकाल लामो मानिन्छ । पहिलोपटक उनी २०५३ फागुनदेखि चैतसम्म गरी ३६ दिन आईजीपी बनेका थिए । दोस्रो पटक २०५४ मंसिरदेखि २०५७ असोजसम्म आईजीपी बनेकाले खरेलको कार्यकाल लामो मानिन्छ ।अहिलेकै अवस्थामा खापुङ आईजीपी भएर अवकाशमा गएमा उनी प्रहरी इतिहासकै दोस्रो छोटो समयका लागि आईजीपी बन्नेछन् ।

खापुङले डीआईजी हुँदा कोशी प्रदेशको कमान्ड सम्हालेका थिए । त्यसअघि एसएसपी रहँदा उनले निकै चुनौतीपूर्ण मानिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालेका थिए । खापुङ प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृतको रूपमा चिनिन्छन् । उनी अहिलेसम्म कुनै ठूलो विवादमा परेका छैनन् ।

खापुङ आईजीपी भएको अवस्थामा एउटै आवेदनमा फारम गरेर इन्स्पेक्टर भएका तीनजना आईजीपी बन्नेछन् । ३० वर्षे सेवा अवधिका कारण एउटा ब्याचबाट एउटा आईजीपी बन्दै आएकोमा यो टोली भने भाग्यमानी देखिएको छ ।एउटै आवेदनमा इन्स्पेक्टरको फारम भरे पनि नियुक्ति लिने बेलामा तीन फरक मितिमा नियुक्ति दिएकाले तीनजना आईजीपी बन्ने अवस्था आएको हो ।

सीआईबीमा रहेका खापुङ आफैं भने अहिलेसम्म इमान्दार तथा विवादरहित भएर काम गरिरहेकाले ३२औं आईजीपी बन्नेमा ढुक्क देखिन्छन् ।‘म आफूलाई लक्की नै ठान्छु । अहिलेसम्म विवादबाट टाढै रहेर काम गरें । प्रहरी निरीक्षकमा प्रवेश गरेर यो ठाउँसम्म आइपुगें,’ उनी भन्छन् ।

यदि नयाँ प्रहरी ऐन आएर ३० वर्षे सेवा अवधि हटेमा पनि खापुङ आईजीपीको प्रतिस्पर्धामै रहन्छन् । ड्राफ्ट भएको नयाँ ऐन ६ महिना थप गर्दै लगिने उल्लेख भएकाले आफ्नो सेवा अवधि थप हुँदा ऐन नै जारी भए पनि आफूलाई फरक नपर्ने उनी बताउँछन् । जसका कारण ऐन जारी गराइहाल्ने वा नगराउने भन्नेमा आफूलाई चासो नरहेको उनी बताउँछन् ।उनीसँगै अन्य एआईजीपीहरू पनि ३२औं आईजीपीको प्रतिस्पर्धामा लागेका छन् । प्रहरी नियमावलीले नै सबै एआईजीलाई आईजीपीको प्रतिस्पर्धीका रूपमा हेरेकाले अन्य एआईजीपी प्रतिस्पर्धाकै मैदानमा रहेको बुझिन्छ ।

२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएका एआईजीपी सिद्धिविक्रम शाहदेखि २०५४ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएर एआईजीपी भएका दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीसम्म आईजीपीको प्रतिस्पर्धामा छन् ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर