Lucky-Khabar_

ठगीको आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाल पक्राउ

राम सुन्द्र आर्य
२८साउन,बीरगंज|। ठगी गरेको आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाललाई पर्सा प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज–१६, बाइपास गणेशटोलस्थित डेराबाट बुधबार बिहान प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, वर्णवालले अनलाइन व्यापार र लगानीको नाममा विभिन्न व्यक्तिसँग लाखौं रुपैयाँ असुली गर्दै लुकीछिपी बस्दै आएका थिए। पीडितहरूका भनाइअनुसार, उनले ऑनलाइन कारोबारमा ठुलो कमाईको लोभ देखाई नेटवर्किङ व्यवसाय र क्रिप्टोकरेन्सीमा यसअघि उनले त्यही पैसाबाट‘अभियान डिजिटल वर्ल्ड’, ‘अल्ट्रा अभियान’, ‘कबाड पसल’ र ‘ऋषि आदिवासी तेल’जस्ता नाममा व्यापार सञ्चालन गर्दै अनेक व्यक्ति तथा परिवारलाई आर्थिक रूपमा बर्बाद पारेको आरोप लागेको छ। ठगीसम्बन्धी उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

content ad p2

पीडितहरूले आरोप लगाएका छन् कि वर्णवाल प्रहरी र केही दलालहरूसँग मिलेमतो गरेर लामो समयसम्म कानुनी कारबाहीबाट जोगिँदै आएका थिए। उनी र उनका छोरा योगेश वर्णवालले पीडितहरूलाई उल्टै धम्की दिने गरेको पनि आरोप छ।

स्थानीयहरूका अनुसार, करिब १० वर्षअघि आर्थिक अवस्था कमजोर रहेका वर्णवाल हाल छोटो समयमै धनी बनेका छन्, जसको छानबिन आवश्यक देखिन्छ। वीरगञ्ज–१०, रानीघाटका स्थायी बासिन्दा उनी पछिल्ला वर्षहरूमा बारम्बार डेरा सर्दै बस्दै आएका थिए।

वर्णवाल केही दिनअघि नारायणघाटमा पनि ठगी मुद्दामा पक्राउ परेका थिए। उनलाई नेपालमा नेटवर्किङ र क्रिप्टोकरेन्सी कारोबारीको माफियाको नामले चिनिन्छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर