Lucky-Khabar_

काठमाडौंमा पेस्तोलसहित एक युवक पाक्राउ- यार्सा टिप्न जाँदा लेकमा भेट्टाएँ

५ भदौ, काठमाडौं । काठमाडौंमा पेस्तोलसहित पक्राउ एक युवक पाक्राउ परेको छ|अटोमेटिक पेस्तोल र गोलीसहित पक्राउ परेका युवकले उक्त पेस्तोल यार्सा टिप्न जाँदा डोल्पाको लेकमा भेट्टाएको बताएका छन् ।

content ad p2

उक्त पेस्तोलसहित पक्राउ परेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भएका २९ वर्षीय शिवराज दराईले पेस्तोल यार्सागुम्बा टिप्न जाँदा भेट्टाएको दाबी गरेका हुन् ।


प्रहरीले उनको कोठाबाट एक थान अटोमेटिक पेस्तोल, दुई थान म्यागजिन, ७ राउण्ड गोली बरामद गरेको थियो । ती युवकले यो पेस्ताल कहाँबाट ल्याए भन्ने अनुसन्धान अघि बढाएको प्रहरी समक्ष युवकले यस्तो बयान दिएका हुन् ।उनको भनाइअनुसार अनुसन्धान गर्दा उनी डोल्पा गएको सम्म पुष्टि भएको एक प्रहरी अधिकृत बताउँछन् । ‘डोल्पा गएकोसम्म पुष्टि भएको छ । पेस्तोल उत्तै भेटेका हुन्/होइनन् यकिन हुन बाँकी नै छ’ एक अनुसन्धान अधिृकतले भने ।

यार्सागुम्बा टिप्न जानेहरुले यार्सा लुटपाट हुनसक्ने भन्दै हतियार समेत लिएर जाने चलन समेत छ । जसकारण ती युवकले भनेजस्तै उत्तै भेट्टाएको हुनसक्ने आशंका पनि प्रहरीको छ ।

काठमाडौं चमती बस्दै आएका उनलाई प्रहरी वृत्त बालाजुको टोलीले पक्राउ गरेको अनुसन्धान गरिरहेको छ ।उनीविरुद्ध यसअघि १८ असोज २०७८ मा प्रहरी वृत्त कीर्तिपुरबाट अभद्र र १९ कात्तिक २०८० मा लागुऔषधको कसुरको मुद्दा चलेको पाइएको छ ।

सम्बन्धित खबर

वीरगञ्ज आउँदै तरकारी लिएको ट्रक भीमफेदीमा दुर्घटना, एक जनाको मृत्यु

लक्की खबर

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

लक्की खबर

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पकहाँ मैनपुर गाउँपालिकाद्वारा ल्यापटप वितरण

लक्की खबर