Lucky-Khabar_

गोविन्दाकी पत्नी सुनिताले दिइन् बान्द्रा अदालतमा सम्बन्धविच्छेदको निवेदन

६भदौ,मुम्बई । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले सम्बन्धविच्छेदको लागि बान्द्रा फेमिली कोर्टमा निवेदन दिएकी छिन् । भारतीय संचारमाध्यमका अनुसार आहुजाले डिभोर्स पेपरमा गोविन्दामाथि अन्य महिलासँग शारीरिक सम्बन्ध राखेको र क्रूरताको आरोप लगाएकी छन् ।भारतका प्रतिष्ठित मिडियाले सुनिताले अदालतमा डिभोर्स पेपर फाइल गरेको खबर छापेका छन् । यद्यपि, गोविन्दा निकट स्रोतहरूले भने मिडिया रिपोर्टको खण्डन गरेका छन् ।

content ad p2

रिपोर्टअनुसार, सुनिताले हिन्दू विवाह ऐन, १९५५ को धारा १३(१)(आई), (आईए), (आईबी) अन्तर्गत सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी छिन् ।पारिवारिक अदालतले मे २५ मा गोविन्दलाई बोलाएको थियो र जुनदेखि, दुवैजना मुद्दा समाधान गर्न प्रयासरत रहेको समेत जनाइएको छ । सुनिता अदालतमा उपस्थित हुँदै आएकी छिन्, जबकि गोविन्द अदालतमा पुगेका छैनन् ।


गोविन्दको नजिकको स्रोतले दैनिक भास्करसँगको कुराकानीमा यी रिपोर्टलाई अस्वीकार गरेको छ । गोविन्दका म्यानेजरले यी रिपोर्ट केवल अफवाहहरू मात्र भएको स्पष्ट पारेका छन् ।६ महिना अगाडि पनि गोविन्दा र सुनिता सम्बन्धविच्छेदको खबरले घेरिएका थिए । सुनिताले सम्बन्धविच्छेद मागेको र दुवै लामो समयदेखि छुट्टाछुट्टै बसिरहेको खबर आएको थियो ।

त्यतिबेला पनि ६१ वर्षीय गोविन्दाको एक मराठी अभिनेत्रीसँग अफेयर रहेको खबर आएको थियो । त्यतिबेला पनि अभिनेताका म्यानेजर र नजिकका साथीले सम्बन्ध विच्छेदको खबरलाई अफवाह भनेका थिए ।लामो समयको अनुमानपछि, सुनिता आफैंले एक अन्तर्वार्तामा गोविन्दसँग सम्बन्धविच्छेद नगर्ने स्पष्ट पारेकी थिइन् ।

सुनिताले हालै भ्लगिङ गर्न थालेकी छिन् । हालैको भ्लगमा सुनिता सम्बन्धविच्छेदको हल्लाको बारेमा कुरा गरिरहेको देखिएकी छिन् । भिडियोमा उनी मन्दिरको भ्रमण गरिरहेको देखिएकी थिइन्, जहाँ पुजारीसँग कुरा गर्दै उनले आफू बाल्यकालदेखि नै महालक्ष्मी मन्दिरको भ्रमण गर्दै आएको बताइन् ।

उनले रुँदै अगाडि भनिन्, ‘जब मैले गोविन्दलाई भेटेँ, मैले मेरी आमालाई भनेकी थिएँ कि म उनीसँग विवाह गरूँ र हाम्रो जीवन राम्रोसँग चलोस् । आमाले मेरा सबै इच्छाहरू पूरा गरिदिनुभयो । हाम्रा बच्चाहरू पनि भए । तर सबै कुरा सजिलै पाइँदैन, कहिलेकाहीँ सम्बन्धमा उतारचढाव आउँछ । तैपनि, माँमाथि पूर्ण विश्वास छ । आज पनि, यदि मलाई कुनै कठिनाइ देखियो भने, मलाई थाहा छ कि माँ कालीले मेरो परिवार तोड्न खोज्ने जो कोहीलाई पनि सम्हाल्नुहुनेछ ।’

भारतको प्रतिष्ठित अखबार द इण्डिन एक्सप्रेसले पनि सुनिताले बान्द्रा कोर्ट सम्बन्धविच्छेदको निवेदन दिएको जनाएको छ ।साभार:-

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर