Lucky-Khabar_

वीरगञ्जस्थित नेपाल टेलिकमको लुटिएको सामग्रीहरू फिर्ता गर्न आग्रह

वीरगञ्ज । वीरगञ्जस्थित नेपाल टेलिकमले लुटिएको सामग्रीहरू फिर्ता गर्न आग्रह गरेको छ | वीरगञ्जको घण्टाघरस्थित नेपाल टेलिकम कार्यालयले जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते कार्यालयबाट अत्यावश्यक सामान लुटिएको जनाएको छ ।

टेलिकमले आज एउटा सूचना जारी गर्दै लुटिएका सामानमा कम्प्युटर, ल्यापटप, मेशिनरी टुल्स र अन्य महत्त्वपूर्ण उपकरणहरू रहेको जनाएको हो ।टेलिकमले लुटिएका सामग्रीहरू यथाशीघ्र नजिकको टेलिकम कार्यालयमा बुझाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । सामग्रीहरू नहुँदा दूरसञ्चार सेवा सञ्चालन गर्न कठिनाइ भइरहेको टेलिकमले यथाशीघ्र फिर्ता गर्न अनुरोध गरेको हो ।

नेपाल टेलिकमले सामान फिर्ता नगरेमा कार्यालयमा रहेको सिसिटिभी फुटेज मार्फत लुटपाटमा संलग्न व्यक्तिहरूको फोटो सार्वजनिक गरी प्रहरीको सहयोगमा कानुनी कारबाही अगाडि बढाउने चेतावनी समेत दिएको छ ।नेपाल टेलिकमले सेवाग्राही र स्थानीयवासीसँग पनि संवेदनशील विषयमा सहयोग गर्न अपिल गरेको छ ।

content ad p2

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर