Lucky-Khabar_

मधेसमा कांग्रेस–एमाले ‘आउट’, लोसपाका सोनलले गरे मुख्यमन्त्रीमा दाबी पेस

जनकपुर। मधेस प्रदेशमा प्रमुख विपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेलाई सत्ता बाहिर राखेर नयाँ गठबन्धनले सरकार गठनका लागि निर्णायक दाबी पेस गरेको छ ।

content ad p2

लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष जितेन्द्र सोनलले प्रदेशको मुख्यमन्त्रीका लागि आज प्रदेश प्रमुखसमक्ष औपचारिक दाबी पेस गरेका छन् । प्रदेश प्रमुखलाई बुझाइएको दाबीअनुसार, सोनललाई पाँच दलको समर्थन छ । यो गठबन्धनमा नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र लोसपा आफैं संलग्न छन् ।
ं
१०७ सदस्यीय (हाल १०५ कायम) मधेस प्रदेशसभामा सरकार गठनका लागि आवश्यक पर्ने बहुमतको संख्या ५३ हो । लोसपाका सोनलको पक्षमा पाँच पार्टीका कूल ५६ सांसद देखिएका छन् । यसले गठबन्धनसँग सहज र स्पष्ट बहुमत रहेको प्रमाणित गर्छ ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर