Lucky-Khabar_

बलात्कार मुद्दाका दोषी(प्रेमी )कारागारबाट भागेर पीडितसँगै गरे बिवाह

विवेक पटेल
राजविराज|बलात्कारको दोषी ठहर भई सप्तरी कारागारमा कैद जीवन बिताइरहेका शत्रुघन मुखियाले आफ्नै पीडित किशोरीसँग विवाह गरेका छन्।

content ad p2

जेन–जी आन्दोलनका क्रममा भदौ २५ गते कारागारबाट फरार भएका उनी केही सातापछि विवाह गरी असोज २० गते नयाँ दुलहीसँगै आत्मसमर्पण गर्न कारागार फर्किएका हुन्। दुई वर्षअघि जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय पाएका मुखियाले प्रेम सम्बन्धका कारण आफू निर्दोष भएको दाबी गरेका छन्।

विवाहपछि किशोरीले आफू डेढ महिनाको गर्भवती रहेको बताएकी छन्। कारागार प्रमुखका अनुसार मुखियाको सजाय पूरा गर्न अझ करिब १० वर्ष बाँकी छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर