Lucky-Khabar_

रक्सौलमा सुरेश यादव भाजपा प्रवेशसँगै राजनीतिक समीकरणमा हलचल

रक्सौल । बिहार विधानसभा चुनाव–२०८२ अन्तर्गत ११ नोभेम्बरमा हुने दोस्रो चरणको निर्वाचनअघि रक्सौल क्षेत्रको राजनीतिक गणितमा नयाँ मोड आएको छ।
राजद (राष्ट्रिय जनता दल) का नेता तथा पूर्व विधानसभा प्रत्याशी सुरेश यादवले सोमवार भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका छन्। उनले पटना पुगेर उपमुख्यमन्त्री एवं पूर्व भाजपा अध्यक्ष सम्राट चौधरीको उपस्थितिमा पार्टी प्रवेश गरेका हुन्।

content ad p2

सुरेश यादवको प्रवेशसँगै रक्सौलमा महागठबन्धनभित्र असन्तोष र भाजपा पक्षमा उत्साह बढेको देखिन्छ। उनका समर्थकहरूमा आश्चर्य र केही असन्तोष देखिएको छ भने महागठबन्धनका कार्यकर्ताहरूमा खलबली मच्चिएको छ। यसअघि जनता दल (युनाइटेड) का वरिष्ठ नेता तथा पूर्व मन्त्री श्याम बिहारी प्रसादले कांग्रेसमा प्रवेश गरी रक्सौलबाट टिकट पाएपछि गठबन्धनमै असन्तुष्टि देखिएको थियो।

पूर्व प्रत्याशी यादवले अघिल्लो चुनावमा आफ्नी आमाको सम्मानका लागि महागठबन्धनको समर्थन गर्दै भाजपाका निवर्तमान विधायक प्रमोद सिन्हाविरुद्ध प्रचार अभियान चलाएका थिए। उनले सांसद र विधायकको साजिशका कारण आफ्नी आमा, नगर परिषद् सभापति धुरपति देवीलाई गलत आरोपमा पदमुक्त गरिएको आरोप लगाएका थिए।

  • भाजपा प्रवेशपछि सुरेश यादवले भने,“प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमंत्री नीतीश कुमारका कार्यबाट म प्रभावित छु। बिहार र रक्सौलको सतत् विकासका लागि म विश्वकै ठूलो पार्टी, भारतीय जनता पार्टीमा प्रवेश गर्दैछु। मोदीजी र नीतीशजीको नेतृत्वले मात्र बिहारलाई विकसित राज्य बनाउन सक्छ।”

उनले पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै स्थानीय विकासमा सक्रिय रूपमा काम गर्ने प्रतिवद्धता जनाए।

सुरेश यादवको परिवारिक राजनीतिक पृष्ठभूमि र प्रभावशाली उपस्थितिका कारण यो कदमलाई **निर्वाचन समीकरण बदल्ने सम्भावित ‘गेम–चेन्जर’**का रूपमा हेरिएको छ। त्यस्तै, पूर्व मन्त्री बृज बिहारी प्रसाद र सांसद रमा देवीकी छोरी रागिनीको सक्रियताले पनि राजनीतिक प्रतिस्पर्धा थप रोचक बनेको छ।

सुरेश यादवको भाजपा प्रवेशपछि रक्सौल क्षेत्रको चुनावी वातावरण थप तातिएको छ र विश्लेषकहरूले उनलाई आगामी निर्वाचनको निर्णायक पात्रका रूपमा देखिरहेका छन्।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर