Lucky-Khabar_

मधेशप्रदेशको मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै

काठमाडौ । मधेस प्रदेश सरकारमा मन्त्री बनेका बिच्छा कञ्चन बारे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिको बैठक बोलाइएको छ । रोशन कार्कीको नेतृत्वमा रहेको अनुशासन समितिको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको हो ।

content ad p2

राप्रपाले मधेश सरकारमा मन्त्री बनेकी कञ्चन बिच्छाबारे निर्णय गर्न अनुशासन समितिको बैठक बोलाइएको जनाएको छ । उनलाई राप्रपाले यसअघि २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ । राप्रपाका एक शीर्ष तहका नेताले भने, ‘स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरणको अवधि सकिएपछि अनुशासन समितिको बैठक बसेर आवश्यक निर्णय लिन्छ ।’


त्यस्तै मुख्यमन्त्री सरोजकुमार यादवले राप्रपा सांसद बिच्छालाई मन्त्रिमण्डलमा सहभागी गराएका थिए । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएका थिए । सरकारमा सामेल हुने कुनै पार्टीको नीति नरहेको स्पष्ट पार्दै अध्यक्ष लिङ्देनले तत्काल फिर्ता हुन निर्देशन दिएका थिए । फिर्ता नभए अन्यथा विधान बमोजिम कारबाही हुने चेतावनी उनले दिएका थिए ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर