Lucky-Khabar_

सन्तोष परियारले राजीनामा दिँदै भने- फरक खालको राजनीतिक अभियानमा सक्रिय हुन्छु

काठमाडौं | रास्वपाका नेता सन्तोष परियारले राजीनामा दिँदै भने फरक खालको राजनीतिक अभियानमा सक्रिय हुने भन्दै पार्टी परित्याग गरेका छन्। उनले कार्यवाहक सभापति र महाचिवलाई इमेलमार्फत राजीनामा पठाएर आजकै मितिदेखि साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको उल्लेख गरेका छन्।

content ad p2

जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधरण सदस्यसम्म नरहने निवेदन गर्दछु,’ राजीनामा पत्रमा भनिएको छ।


नेता परियारले निरन्तर पार्टीमा विचारको बहस गरे पनि त्यसलाई स्थापित गर्न नसकेको उल्लेख गरेका छन्। नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकेको उनले दुःख व्यक्तसमेत गरेका छन्।

‘भदौ २३ र २४ गते नेपालको राजनीतिक आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ। जेनजी विद्रोहले समकालीन नेपाली समाजको चेतना निर्माणमा निकै ठूलो भूमिका खेलिरहेको छ भन्ने मेरो बुझाइ हो। यसका लागि हरेक राजनीतिक पार्टी र व्यक्तिले पनि आगामी नेपाली राजनीतिलाई अझ फराकिलो हिसाबमा अवस्था आएको छ,’ उनले भनेका छन्।

सम्बन्धित खबर

दाह्रा काटिएपछि ‘ध्रुवे’ को गतिविधि निकुञ्जभित्रै सीमित, उच्च सतर्कतामा प्रशासन

लक्की खबर

पचरौता नगरपालिकामा विद्यालयका लेखापालले शिक्षा शाखा सम्हालेको आरोप, प्रशासनिक प्रणालीमाथि प्रश्न

लक्की खबर

साउनको पहिलो सोमबार भाथाधाममा भक्तजनको घुइँचो

लक्की खबर