Lucky-Khabar_

निर्वाचन आयोगबाट राष्ट्रिय परिवर्तन पार्टीले पायो दल दर्ताको प्रमाणपत्र,अध्यक्षमा राजेश पटेल

काठमाडौं । राष्ट्रिय परिवर्तन पार्टीले निर्वाचन आयोगबाट आधिकारिक रूपमा दल दर्ताको प्रमाणपत्र प्राप्त गर्दै आफ्नो राजनीतिक यात्रामा औपचारिक प्रवेश गरेकाे छ। राजेश पटेलको नेतृत्वमा दर्ता भएको यो नयाँ दलले बाँसुरीलाई आफ्नो चुनाव चिन्हका रूपमा तय गरेको आयोगले जनाएको छ।

content ad p2

गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा घाइते भएका अध्यक्ष पटेलले दल दर्ता प्राप्तिलाई महत्वपूर्ण मोडका रूपमा लिँदै, पार्टीले शहीदहरूको सपना र न्यायका पक्षमा दृढतापूर्वक अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

सोमबार आयोग परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पटेलले भने, “हाम्रो हातमा आएको यो प्रमाणपत्र राजनीतिक औपचारिकताभन्दा बढी, जेनजी आन्दोलनमा घाइते भएका युवा पुस्ताको संघर्ष र अधिकारका लागि उठेको आवाजको मान्यता हो।”

पार्टीले शहीदको बलिदानलाई व्यवहारिक परिवर्तनमा रुपान्तरण गर्ने लक्ष्य लिएको छ। उनीहरूले भ्रष्टाचार नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्ने, प्रत्यक्ष कार्यकारी प्रणालीतर्फ जाने स्पष्ट योजना सार्वजनिक गर्ने, तथा आन्दोलनमा घाइते भएकाहरूको उपचार र पुनर्स्थापना सुनिश्चित गर्ने कार्यलाई आफ्नो प्राथमिकता सूचीमा राखेको घोषणा गरे।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर