राम आर्य
बिरगंज,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बहुदरमाई नगरपालिका -४ पर्सामा आज वडा भेला भव्य रूपमा सम्पन्न भएको छ । मधेशमा पनि रास्वपाप्रतिको आकर्षण र प्रवेशको लहर तीव्र बन्दै गएको बेला यो भेला ऐतिहासिक रूपमा सम्पन्न भएको बताइएको छ।

उक्त कार्यक्रम रास्वपा जिल्ला सभापति हरि पन्तको प्रमुख अथितीमा भएको छ भनी रास्वपा नगर सभापति चन्दन यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । वडा भेलामा चुनियाका ११ सदस्यीय पदाधिकारी समिति घोषणा गरिएको छ। कार्यक्रममा वक्ताहरूले पार्टीको नीतिगत दिशा, पारदर्शिता, सुशासन र भ्रस्टाचारविरुद्धको अभियानबारे आफ्ना धारणा राखेका थिए।

मन्तव्यको क्रममा रास्वपा जिल्ला सभापति हरि पन्तले रासपा सभापति रबी लामिछानेलाई राजनीति प्रतिसोध र कांग्रेस एमालेका नेता आफु भ्रस्टचार गरेकोमा फसिन्छ भनि डरले झुठा मुदा लगाई थुनामा राखेको हो भनि बताए |
त्यस्तै रास्वपा क्षेत्रीय सभापति पर्सा एकको राम आर्यले आफ्नो मनतब्यमा राम्रो कार्य गर्नेलाई नराम्रोले दुख दिन्छ तर सत्यको विजय हुनछ जस्तै हाम्रो रास्वपा पार्टीको सभापति अब छिटै जेलबाट भगवान कृष्णझैँ सत्यको घन्टी बजाउदै निस्किन्छ भनि बताए | रास्वपाले अब देशको कुनाकुनामा आफ्नो कार्य र बिचारले नेपालि जनतालाई शान्ति र शुसासनको अनुभूति गराउछ भनि जनविश्वासमा बिश्वास भईसकेको छ भनि पनि उनले बताए |कार्यक्रममा पार्टीका कार्यकर्ताहरु,पत्रकार तथा बिभिन्न बुधिजिविहरुको विषेस उपस्थिति रहेका थिए |

उक्त कार्यक्रम रास्वपा जिल्ला सचिव सुदिप प्रजापतिले सहजीकरण गरेको थिए |कार्यक्रममा पार्टीका बिभिन्न नेताहरु लगायत रास्वपा मधेशप्रदेशका विभागीय उपप्रमुख प्रमोद रायमाझी समेतको विषेस उपस्थिति रहेको थिए | कार्यक्रम अध्यक्ष रास्वपा नगर सभापति यादवले यो भेलाले मधेश प्रदेशभर रास्वपाको संगठन विस्तार र जनसम्पर्क अभियानलाई अझ सशक्त बनाउने निष्कर्ष निकालेको छ भनि आफ्नो भनाई राखे।


