Lucky-Khabar_

बाराको सिमरा घटनाबारे पथलैयामा प्रशासन र जेनजीबीचको वार्ता सम्पन्न

बारा|बाराको सिमरा घटनाबारे प्रशासन र जेनजी समूहबीच पथलैया स्थित सशस्त्र प्रहरी प्राविधिक तालिम शिक्षालयमा वार्ता सम्पन्न भयो।

content ad p2

वार्तामा जेनजीहरूको सुरक्षा सुनिश्चित गर्ने, घाइतेहरूको उपचारमा सहकार्य गर्ने, र घटनाको निष्पक्ष छानबिनसहित आवश्यक कारबाही गर्ने तीन बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए।

जेनजी समूहले निरन्तर धम्की आइरहेकाले सुरक्षा ग्यारेन्टी माग गरेको थियो। उनीहरूले घटनामा संलग्न अझै पक्राउ नपरेका व्यक्तिहरूलाई पक्राउ गर्ने समयसीमा तोक्न आग्रह गरे।

तर प्रजिअ मिश्रले खुलेआम देखिने व्यक्तिहरूलाई पक्राउ गर्न निर्देशन दिइसकेको र लुकेर बसेकाहरूका लागि म्याद तोक्नु उचित नहुने बताए।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर