Lucky-Khabar_

वीरगञ्जमा हिन्दू सम्राट सेना नेपाल पर्सा जिल्ला समिति गठन, मोटरसाइकल र्‍यालीसहित कार्यक्रम सम्पन्न

वीरगञ्ज।गहवामाई मन्दिर परिसरमा शनिबार आयोजित विशेष समारोहमार्फत हिन्दू सम्राट सेना नेपाल पर्सा जिल्ला समिति औपचारिक रूपमा गठन गरिएको छ। केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद सनातनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सयौँ युवाको सहभागितामा मोटरसाइकल र्‍याली पनि निकालिएको थियो, जसले वातावरणलाई झनै उत्साहपूर्ण बनायो।

content ad p2

कार्यक्रमअघि लालबंगला, आदर्शनगर, कुमहलटोल र बिरता चोकलगायत स्थान हुँदै मोटरसाइकल र्‍याली निकालिएको थियो। “जाता–पाता भुलौँ, हिन्दू–हिन्दू भाइ भाइ” तथा “हिन्दू राष्ट्र कायम गर” जस्ता नाराले सहभागीहरूले एकता र पहिचानको सन्देश प्रवाह गरेका थिए।

समितिको औपचारिक घोषणासँगै पर्सा जिल्लाका पदाधिकारीहरू:-अध्यक्ष: विकास साह,वरिष्ठ उपाध्यक्ष:सन्तोष सर्राफ,उपाध्यक्ष:राकेश श्रेष्ठ,महासचिव: प्रज्वल डंगोल,सचिव: उदय नारायण गिरी,कोषाध्यक्ष: दिप नारायण यादव,सल्लाहकार: राजु साह, राजेश्वर साह, नरेश सर्राफ,सदस्य: दीपक महतो, प्रिश साह, आशिष मण्डल, ओम वर्नवाल, रञ्जित यादव, चेन्ना भैया लगायत रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि हिन्दू सम्राट सेना नेपालका रुद्र नारायण सिंह रहेका थिए। त्यसैगरी केन्द्र तथा प्रदेश तहका पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति थियो, जसमा केन्द्रीय संयोजक (न्यायिक विभाग) चन्दन सनातनी, केन्द्रीय महासचिव राकेश सनातनी, केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनी, लक्ष्मीनिया नगर संयोजक वर्देश सनातनी, महोत्तरी जिल्ला अध्यक्ष विजय सनातनी, केन्द्रीय सदस्य रजनीश सनातनी, मलंगवा नगर संयोजक रामानन्द सनातनी, सर्लाही जिल्ला सदस्य रुपेश सनातनी लगायतको सहभागिता थियो।

कार्यक्रममा राष्ट्रिय बजरंग दलका विवेक सिन्हा, समाजसेवी रमिता माया गुप्ता, धार्मिक अभियन्ता अवधेश मिश्र, अमर सर्राफ, ज्योतिष सम्राट पुरुषोत्तम दूबे, रत्नेश तिवारीसहितका विभिन्न हिन्दुवादी संघ–संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।

आयोजकका अनुसार यस कार्यक्रमले वीरगञ्जमा हिन्दू सम्राट सेनाको गतिविधि व्यवस्थित र संगठित रूपमा सक्रिय बन्दा आएको स्पष्ट सन्देश दिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर