Lucky-Khabar_

फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्माले शनिबार प्रेमी युद्ध बानियाँसँग विवाह गर्दैछिन्

काठमाडौं । अभिनेत्री तथा फिल्म निर्मात्री पूजा शर्माले शनिबार आफ्ना प्रेमी युद्ध बानियाँसँग विवाह बन्धनमा बाँधिँदै छिन्। विवाह समारोह भक्तपुरस्थित एक रिसोर्टमा आयोजना गरिएको छ।

content ad p2

विवाहअघि शुक्रबार पूजाले झम्सिखेलमा रहेको आफ्नै रेस्टुरेन्टमा मेहेन्दी समारोह सम्पन्न गरिन्। सो कार्यक्रममा निकट परिवारजन तथा कलाकारहरूको सहभागिता थियो। मेहेन्दीमा उनले युद्ध बानियाँको तस्वीर पनि समावेश गरेकी थिइन्, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको छ। युद्ध स्वयं पनि मेहेन्दी समारोहमा उपस्थित रहे। प्राप्त तस्वीरहरूमा दुवैलाई हर्षित मुद्रामा देख्न सकिन्छ।

शनिबार हुने मुख्य विवाह समारोहका लागि दुवैले फिल्म क्षेत्रका सहकर्मी तथा सञ्चारकर्मीलाई पनि निमन्त्रणा दिएका छन्।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर