Lucky-Khabar_

मधेश प्रदेश कांग्रेस नेतृत्वको सरकारमा:जसपाले सभामुख र भौतिक, जनमतले अर्थ मन्त्रालयमा दाबी

बिरगंज |मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया तीव्र बन्दै गएको छ। सरकार विस्तारका तयारीसँगै सत्ता साझेदार दलहरूले आफ्नो–आफ्नो दाबी अघि सारेका छन्|

content ad p2

नयाँ सरकारसँगै सात दलीय गठबन्धन मधेश प्रदेश सभामा दुई तिहाईभन्दा बढी मत बलियो रहेको छ। यादवलाई कांग्रेससहित जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन प्राप्त छ।

सरकारी स्रोतहरूका अनुसार **जनता समाजवादी पार्टी (जसपा)**ले मधेश प्रदेशसभाको सभामुख तथा भौतिक पूर्वाधार मन्त्रालय दाबी गरेको छ। त्यस्तै नयाँ शक्ति बनिरहेको जनमत पार्टीले अर्थ मन्त्रालय आफ्नो भागमा पर्नुपर्ने माग राखेको छ।

प्रदेश सरकार गठनका लागि दलहरूबीच आन्तरिक छलफल जारी रहेको र मन्त्रालयको भागबण्डा अन्तिम चरणमा पुगेको बताइन्छ। गठबन्धनभित्र सहमति बनेसँगै केही दिनमै मन्त्रिपरिषद् विस्तार हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर