Lucky-Khabar_

रास्वपा पर्साको धोबिनीको प्रथम पालिका भेला:पुर्ब प्रहरी निरीक्षक रास्वपाका पालिका सभापतिमा चयन

वीरगञ्ज । अवकाशप्राप्त पूर्व प्रहरी निरीक्षक ललन प्रसाद कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धोबिनी गाउँपालिका सभापतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न रास्वपा धोबिनीको प्रथम पालिका भेलाले कुर्मिलाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको हो।

content ad p2

कुर्मी यसअघि पूर्व प्रहरी परिषद् पर्सा जिल्लाका अध्यक्षसमेत रहिसकेका छन्। पालिका भेलाबाट उपसभापतिमा निरज पटेल, सचिवमा उदित नारायण पटेल र कोषाध्यक्षमा वृज लाल पटेल चयन भएका छन्। सदस्यहरूमा प्रमोद पटेल, नुबिन राम, सन्दिप पटेल, रामनरेश पटेल, सुरसती देवी, रजरीश पटेल र प्रियंका देवी पासवान चयन भएका छन्।

सम्पन्न भेलामा पार्टीका पर्सा जिल्ला सभापति हरी पन्तलगायत नेताहरूले सम्बोधन गरेका थिए। सो अवसरमा सभापति पन्तले भदौ २३ र २४ गते जेन–जी पुस्ताले गरेको राजनीतिक हस्तक्षेप र विद्रोह देशका पुराना राजनीतिक दलहरूविरुद्धको संकेत भएको दाबी गरे। उनले अब देश र जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिवर्तनको प्रमुख संवाहकका रूपमा हेर्न थालेको बताए।

सभापति पन्तले आगामी निर्वाचनमा रास्वपाले स्पष्ट एकल बहुमत हासिल गर्ने दाबीसमेत गरे।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर