Lucky-Khabar_

हर्खेतान माध्यमिक बिधालयको प्रशासनिक प्रमुखमा सुष्मिता यादव नियुक्त

वीरगञ्ज । हरि खेतान बहुमुखी क्याम्पसअन्तर्गत सञ्चालित हरि खेतान माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले सुष्मिता यादवलाई प्रशासनिक प्रमुख पदमा नियुक्त गरेको छ।

content ad p2

विद्यालय व्यवस्थापन समितिको मिति २०८२–०९–१७ गते बसेको बैठकको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्म लागू हुने गरी यादवलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। निर्णयअनुसार उनले माध्यमिक तहअन्तर्गतका सम्पूर्ण प्रशासनिक कार्यहरू प्रधानाध्यापिकाको मातहतमा रही सम्पादन गर्नेछिन्। उनको पारिश्रमिक विद्यालयले तोकेबमोजिम हुने जनाइएको छ।

समितिले यादवको इमान्दारिता, दक्षता र जिम्मेवारीबोधप्रति विश्वास व्यक्त गर्दै उनको नेतृत्वमा विद्यालयको प्रशासनिक कार्य थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बन्ने अपेक्षा लिएको छ। नयाँ जिम्मेवारीमा उनले पूर्ण क्षमताका साथ कार्य सम्पादन गर्ने विश्वाससमेत समितिले व्यक्त गरेको छ।

नियुक्तिपत्र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पी. पी. खेतानद्वारा हस्ताक्षरित गरिएको हो। उक्त निर्णयको बोधार्थ नि. प्रधानाध्यापक श्रीमती अञ्जली श्रेष्ठ तथा लेखा शाखालाई जानकारी गराइएको छ।

यसैबीच, नियुक्तिसम्बन्धी विषयलाई लिएर विद्यालयका केही शिक्षकहरूले असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले आफ्ना माग पूरा नभएको आरोप लगाएका छन्। यस विषयमा विद्यालय व्यवस्थापन समितिले आपसी छलफलमार्फत समाधान खोजिने जनाएको छ।

सुष्मिता यादवको नियुक्तिप्रति विद्यालय परिवारका अधिकांश सदस्यहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

सम्बन्धित खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर