
छुरा प्रहारबाट घाइते भएका दुवै जनालाई स्थानीयवासीको सहयोगमा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनीहरूको उपचार जारी छ र दुवैको अवस्था सामान्य रहेको छ।
घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी घटनास्थल पुगेको र आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। आक्रमणको कारण खुल्न बाँकी रहेको जनाउँदै प्रहरीले संलग्न समूहको पहिचानका लागि आसपासका क्षेत्रमा निगरानी बढाइएको जानकारी दिएको ।




