वीरगञ्ज|नेपाल जनता पार्टी (नेजपा) पर्सा जिल्ला समितिले पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभा उम्मेदवारका रूपमा पूर्व प्रहरी निरीक्षक अरुण कुशवाहालाई औपचारिक रूपमा घोषणा गरेको छ।

छिपहरमाई गाउँपालिका–भिस्वास्थित श्री बौद्धिमाई मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा उम्मेदवार घोषणा गरिएको हो। कार्यक्रममा पार्टीले सुशासन, विकास, हिन्दू राष्ट्र, सनातन धर्मको रक्षा, भ्रष्टाचारमुक्त समाज, गौहत्या तथा धर्म परिवर्तन पूर्ण रूपमा बन्द, गुरुकुल स्थापना, सांस्कृतिक राष्ट्रवाद, एकात्म मानव दर्शन, रोजगारी सृजना, स्वास्थ्य तथा शिक्षा सुधारलाई आफ्ना मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरेको थियो।

उम्मेदवार घोषणा सभामा नेपाल जनता पार्टीका केन्द्रीय वरिष्ठ नेता सन्तोष पटेल उर्फ सन्तोषानन्द महाराज, संगठन महामन्त्री इञ्जिनियर राजीनन्द चौधरी, केन्द्रीय सदस्यहरू अधिवक्ता विनोद कुर्मी, सुरेश साह कानू, पारस दुबेदी, पर्सा जिल्ला उपाध्यक्ष ऊषा श्रीवास्तव, महामन्त्री नवीन मिश्र, कोषाध्यक्ष राजेश कलवारलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी जिल्ला कार्यसमिति सदस्यहरू राजकुमार तिवारी, अंशु कुमार प्रजापति, मुना साह तेली, महिला मोर्चा पर्सा जिल्ला अध्यक्ष संगीता गुप्ता, उपाध्यक्ष रेखा वर्णवाल, नेजपा पर्सा जिल्ला क्षेत्र नम्बर–४ समिति अध्यक्ष मुना कुमार कुर्मी, उपाध्यक्ष मिलन चौरसिया, महामन्त्री बलिराम सनातनी, प्रवक्ता राजन कुशवाहा तथा क्षेत्रीय सदस्य जगबहादुर चौरसियासहित ठूलो संख्यामा नेता, कार्यकर्ता र स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो।


