Lucky-Khabar_

सहमतिमै नयाँ नेतृत्व चयनको तयारी, कमलपोखरीमा छलफल जारी

काठमाडौं|नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ। संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेपछि महाधिवेशन नयाँ नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरेको हो।

content ad p2

महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेरमै नयाँ नेतृत्व घोषणा गर्ने तयारी भइरहेको छ। नेताहरूका अनुसार, सहमतिमै केन्द्रीय कार्यसमिति घोषणा गर्ने गरी तयारी अघि बढाइएको छ।

यसैक्रममा अहिले कमलपोखरीस्थित एक होटलमा पार्टी नेताहरूबीच आन्तरिक छलफल भइरहेको छ। सो छलफलमा महामन्त्री गगन कुमार थापा पनि सहभागी भएका छन्।

छलफलमा प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे, डिल्लीराम सुवेदीलगायत नेताहरूको उपस्थिति रहेको बताइएको छ।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर