Lucky-Khabar_

रास्वपाबाट बारा–४ मा चुनाव लड्ने तयारीमा रहबर अन्सारी

वीरगञ्ज | पूर्व राज्य मन्त्री तथा प्रदेश सभा सदस्य रहबर अन्सारीले बारा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्ने तयारी गरेका छन्। पर्सा क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवारी दिने तयारी गरेका हुन्।

content ad p2

यसै क्रममा अन्सारीले प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपामा आवेदन दर्ता गराइसकेका छन्। रास्वपाले सार्वजनिक गरेको उम्मेदवार आकांक्षीहरूको सूचीअनुसार बारा–४ मा अन्सारीसहित इच्छा बहादुर बाग्ले, श्यामसुन्दर पण्डित कुमाहल, वकिल सहनी, सलिकराम अधिकारी, विनयकुमार गुप्ता र पवन चौधरी रहेका छन्।

केही दिनअघि मात्रै अन्सारीले नेपाली कम्युनिष्ट पार्टी परित्याग गरेका थिए। तत्कालीन माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यङ्ग्यात्मक टिप्पणीसहित राजीनामा बुझाएका थिए। यसअघि प्रदेश सभा बैठकमै आफ्नै मुखमा कालो मसी दल्दै विरोध जनाएपछि उनी व्यापक चर्चामा आएका थिए।

राजनीतिक विश्लेषकहरूका अनुसार अन्सारीको भूमिकाकै कारण तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत प्राप्त गर्न नसकेको थियो। पछिल्लो समय रास्वपाबाट प्रतिनिधि सभा चुनाव लड्ने उनको तयारीले बारा–४ को राजनीतिक माहोल थप तातेको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर