Lucky-Khabar_

स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार गोविन्द देवकोटालाई प्रदान

राम आर्य
बिरगंज । स्वर्गीय गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार गोविन्द देवकोटा लाई प्रदान गरिएको छ।

content ad p2

नेपाल पत्रकार महासंघ पर्सा शाखाले बिहीबार स्व. गिरीको पुण्यतिथिको अवसरमा आयोजना गरेको कार्यक्रममा पत्रकार देवकोटालाई नगद ५१ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिएको हो। पुरस्कार मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेल ले प्रदान गर्नुभएको थियो।

पत्रकार देवकोटा वीरगञ्जबाट प्रसारण हुँदै आएको सामुदायिक रेडियो नारायणी एफएम का कार्यकारी अध्यक्ष हुनुका साथै सामुदायिक रेडियो प्रशारक संघ का केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहनुभएको छ।

वीरगञ्जका पूर्व नगर प्रमुख तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्षसमेत रहनुभएका स्व. गोपाल गिरीको वि.सं. २०६० माघ १ गते तत्कालीन माओवादी समूहद्वारा गोली हानी हत्या गरिएको थियो।

स्व. गिरीको पत्रकारिता तथा सामाजिक योगदानको सम्मानस्वरूप नेपाल पत्रकार महासंघ पर्सा शाखाले उक्त पुरस्कार स्थापना गरेको हो। यसअघि सो पुरस्कारबाट गया यादव, कन्हैयालाल केसरी, ओमप्रकाश खनाल, श्याम बन्जारा, पंकज श्रेष्ठ, बृजलाल पासवान, शत्रुघन नेपाल, ध्रुव साह लगायतका पत्रकारहरू सम्मानित भइसकेका छन्।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय सचिव अशोक तिवारी, पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतको विशेष उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

पर्सा प्रहरीको व्यक्तिगत विवादलाई साम्प्रदायिक रंग नदिन आग्रह

लक्की खबर

सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका युवकको उपचारका क्रममा मृत्यु

लक्की खबर

देवाही–गोनाहीका मेयर पदमुक्त प्रकरण : प्रभु साहद्वारा एमालेमाथि लोकतन्त्रको उपहास गरेको आरोप

लक्की खबर