Lucky-Khabar_

बालेन रणनीति झापा-५ मा : ३वटा घरबाट ३वटा काम

काठमाडौं । जेनजी आन्दोलनपछि चर्चामा आएका काठमाडौं महानगरका मेयर बालेन शाह आगामी २१ फागुनको निर्वाचनपछि प्रधानमन्त्री बन्ने लक्ष्यसहित चुनावी राजनीतिमा होमिने तयारीमा छन् । सोही उद्देश्यले उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्दै झापा–५ बाट उम्मेदवारी दिने योजना बनाएका छन्, जहाँ एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुँदै आएका छन् ।

content ad p2

बालेन माघ ४ गते मेयर पदबाट राजीनामा दिएर ६ गते झापाबाट उम्मेदवारी दर्ता गर्ने योजनामा छन् । माघ ५ गते रास्वपाको जनकपुर सभाबाट उनको चुनावी अभियान सुरु हुने बताइएको छ । रास्वपाले उनलाई ‘मधेशपुत्र’का रूपमा ब्रान्डिङ गर्दै मधेशबाट अभियान थालेको हो ।

झापामा बालेनको टिमले प्रविधि र सूक्ष्म मतदाता विश्लेषणमा आधारित रणनीति अघि सारेको छ । छुट्टै घर भाडामा लिएर सामाजिक सञ्जाल, फिल्ड टिम र राजनीतिक व्यवस्थापन अलग–अलग रूपमा सञ्चालन गरिनेछ । मतदाता वर्गीकरण, आन्तरिक सर्वेक्षण र एमाले असन्तुष्ट नेतासँग संवादमार्फत मत तान्ने रणनीति बालेन समूहको रहेको छ ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर