Lucky-Khabar_

प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशसभाका चार सांसद

जनकपुरधाम| मधेश प्रदेशसभाका चार जना सदस्यले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन्। प्रदेशसभा सदस्यबाट राजीनामा दिएका उनीहरू प्रतिनिधिसभा सांसदका लागि चुनावी मैदानमा उत्रिएका हुन्।

content ad p2

राजीनामा दिनेमा निवर्तमान सभामुख रामचन्द्र मण्डल, पूर्वमुख्यमन्त्री सतिष कुमार सिंह, पूर्वमन्त्री भरत प्रसाद साह र पूर्वराज्यमन्त्री रहबर अन्सारी रहेका छन्। मधेश प्रदेशसभा सचिवालयका अनुसार मण्डल र अन्सारीले माघ ४ गते राजीनामा बुझाएका थिए भने पूर्वमुख्यमन्त्री सिंह र पूर्वमन्त्री साहले माघ ५ गते सभामुख रामअशिष यादवसमक्ष राजीनामा पेश गरेका हुन्।

निवर्तमान सभामुख रामचन्द्र मण्डलले नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नं. १ बाट मनोनयन दर्ता गराएका छन्। यस्तै, पूर्वमुख्यमन्त्री सतिष कुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट स्वाभिमान पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन्। उनी यसअघि जनमत पार्टीबाट सप्तरी क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। सप्तरीमा सिंहलाई नेकपा एमालेले समर्थन गर्ने जनाएको छ।

पूर्वमन्त्री भरत प्रसाद साहले महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट मनोनयन दर्ता गराएका छन्। उनी यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रबाट महोत्तरी क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। त्यसैगरी, पूर्वराज्यमन्त्री रहबर अन्सारीले पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवारी दिएका छन्। अघिल्लो निर्वाचनमा अन्सारी तत्कालीन नेकपा माओवादी केन्द्रबाट पर्सा क्षेत्र नं. १ (क) बाट निर्वाचित भएका थिए।

यसैबीच, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष तथा पूर्वमुख्यमन्त्री लालबाबु राउत, नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमुख्यमन्त्री सरोज यादव र तत्कालीन स्वतन्त्र सांसद तथा हाल नेकपा एमालेका प्रदेशसभा सदस्य प्रमोद जयसवाललाई उम्मेदवार बनाउने तयारी भए पनि अन्तिम समयमा उनीहरू प्रतिनिधिसभा निर्वाचनबाट पछि हटेका छन्।

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर