Lucky-Khabar_

पर्सा–२ मा चुनावी समीकरणमा परिवर्तन, स्वतन्त्र उम्मेदवार राजेश्वर साहले उम्मेदवारी फिर्ता लिए

वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचनको चुनावी समीकरणमा परिवर्तन आएको छ। स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएका राजेश्वर साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

पर्सा–२ को निर्वाचन कार्यालयका अनुसार साहले तोकिएको समयसीमाभित्र औपचारिक निवेदन दर्ता गराउँदै उम्मेदवारी फिर्ता लिएका हुन्। निर्वाचन अधिकृत मधुसुदन आचार्यले उम्मेदवारी फिर्तासम्बन्धी सम्पूर्ण कानुनी प्रक्रिया पूरा भइसकेको जानकारी दिए।

content ad p2

निर्वाचन कार्यालयले उम्मेदवारी फिर्ता प्रक्रिया सम्पन्न भएपछि सबै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। साथै, आजै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उम्मेदवारी फिर्ता लिएपछि प्रतिक्रिया दिँदै राजेश्वर साहले आफू नेपाली कांग्रेस समर्थक भएको उल्लेख गर्दै आन्तरिक समन्वयको अभावका कारण स्वतन्त्र उम्मेदवारी दिएको बताए। अब भने कांग्रेसका आधिकारिक उम्मेदवारको पक्षमा सक्रिय रूपमा लाग्ने उनले घोषणा गरेका छन्।

साहको उम्मेदवारी फिर्तासँगै पर्सा–२ मा नेपाली कांग्रेसको चुनावी रणनीतिलाई थप बल पुगेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। यसले आगामी निर्वाचन परिणाममा महत्वपूर्ण प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर