Lucky-Khabar_

पर्सा–१ का उम्मेदवार हरि पन्तद्वारा पर्सौनी बिर्तामा घरदैलो तथा मतदातासँग भेटघाट

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तले पर्सौनी बिर्ताका मतदाताहरूसँग प्रत्यक्ष भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
आज वीरगंज महानगरपालिका वडा नं. २३ अन्तर्गत पर्सौनी बिर्तामा आयोजित घरदैलो कार्यक्रमको सुरुवात स्थानीय हनुमान मन्दिरमा पूजा–अर्चना गरेर गरिएको थियो। त्यसपछि कार्यक्रम वडाभित्रका विभिन्न टोलहरूमा सञ्चालन गरिएको थियो।

घरदैलोका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य तथा सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक प्रतिबद्धताबारे जानकारी गराएका थिए। स्थानीय मतदाताहरूले पनि आफ्ना समस्या, जिज्ञासा र अपेक्षाहरू पन्तसमक्ष राखेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा समेत जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

content ad p2

सम्बन्धित खबर

जनताको सेवा अवरुद्ध हुनु हुँदैन : वडा कार्यालय निरीक्षणमा सांसद सुशील कानू

लक्की खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर