बिरगंज | स्वतन्त्र पार्टी क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तले इनरुवामा सञ्चालन गरेको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको छ। आज इनरुवाका विभिन्न वडामा गरिएको घरदैलो कार्यक्रममा इनरुवाबासीको उल्लेख्य भीड उर्लिएको हो।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले आफ्ना विभिन्न समस्या तथा गुनासाहरू उम्मेदवार पन्तसमक्ष राखेका थिए। घरदैलो सुरु हुनुअघि इनरुवामा एक कोणसभा पनि आयोजना गरिएको थियो।
कोणसभामा सयौँ इनरुवाबासीले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। सो सभा विजय साहको सभापतित्वमा सम्पन्न भएको थियो। सभाबाट विजय साहको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ।
समितिको उपाध्यक्षमा राजु प्रसाद यादव, सचिवमा सन्तोष पटेल तथा सह–सचिवमा अजय कुमार महतो र प्रीतम कुमार महतो चयन भएका छन्। सदस्यहरूमा जटाशंकर पण्डित, रोमन पटेल, मोहन यादव, वीरेन्द्र प्रसाद यादव, अबेश राम, सद्दाम हुसेन, रञ्जित यादव, विजय होदा बनिया, दिलिप यादव, रामसुरै महतो, स्माइल मियाँ, अरुण यादव, राजन यादव, नितेश बानिया, शिवनाथ प्रसाद यादव, झोटी यादव, मोहन पटेल, सिकन्दर महतो, दिनेश साह, पर्मा यादव र रामायण दास रहेका छन्।
कार्यक्रममा सन्तोष पटेलले स्वागत भाषण गरेका थिए भने कार्यक्रमको सहजीकरण अमन आलमले गरेका थिए। सो अवसरमा सम्बन्धित वडाका सभापति रमेश चौरसिया लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।


