Lucky-Khabar_

“२० वर्ष सांसद भएपछि बल्ल कानुन फेर्ने ज्ञान आयो”:रवि लामिछाने

काठमाडौं|राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देश तीव्र विकासको चरणमा प्रवेश गरेको दाबी गर्दै विकास निर्माणका कामलाई गति दिइने बताएका छन्।

content ad p2

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले हालै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले व्यक्त गरेको धारणा सही भएको भन्दै निर्माण व्यवसायीहरूलाई आत्तिन आवश्यक नरहेको स्पष्ट पारे। “निर्माण व्यवसायीहरू आत्तिनुपर्दैन, देश अब विकास निर्माणको बाटोमा अघि बढेको छ,” उनले भने, “बाँध्ने भनेको कानुनले बाँध्ने हो, डोरीले होइन। कानुनअनुसार काम गरे कसैले केही गर्दैन।”

धनगढीमा आयोजित चुनावी सभामा बालेनले सडक निर्माणमा ढिलासुस्ती गर्नेहरूलाई कारबाही गरिने चेतावनी दिएका थिए। सोही सन्दर्भलाई उल्लेख गर्दै लामिछानेले सबै काम कानुनी शासनअनुसार अघि बढाइने बताए।

यस क्रममा उनले नेपाली कांग्रेसका नेता गगन थापा प्रति व्यंग्य गर्दै लामो समय सत्ता सम्हालेकाहरूले ढिलै गरी विकाससम्बन्धी कानुनी जटिलता बुझेको टिप्पणी गरे। “२०–२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो,” उनले भने, “त्यो ज्ञान तपाईँहरूसँगै राख्नुहोला।”

लामिछानेले विकास निर्माणका कामलाई तीव्रता दिन दुईदेखि तीन सिफ्टमा काम सञ्चालन गरिने जानकारी दिए। “राति पनि काम हुन्छ। उपकरण अभाव भए ल्याउनुस्, आवश्यक प्रक्रिया पूरा गर्नुस्,” उनले निर्माण व्यवसायीहरूलाई आग्रह गरे।

उनले अब नेपाललाई तीव्र विकासको मार्गमा अघि बढाउने र त्यस यात्रालाई कसैले रोक्न नसक्ने दाबीसमेत गरे।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर