Lucky-Khabar_

बिरगंज युवा समाजद्वारा होली मिलन समारोह सभ्य र भव्य रूपमा सम्पन्न

बिरगंज। बिरगंज युवा समाजले होली पर्वको पूर्वसन्ध्यामा शनिबार साँझ बिरगंज–५ कुम्हालटोलस्थित स्टार युरो किड्स स्कुलको प्राङ्गणमा होली मिलन समारोह हर्षोल्लासका साथ सभ्य एवं भव्य रूपमा सम्पन्न गरेको छ।

समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, नेपाल फुटबल संघ पर्साका अध्यक्ष रोशन गुप्ता, आदिवासी जनजाति महासंघ बिरगंज महानगर कमिटीका उपाध्यक्ष पूर्ण गुरुङ, कलवार कल्याण समिति पर्साका सचिव श्याम गुप्ता, फेमस आर्ट्स एण्ड एडभर्टाइजिङका सञ्चालक कमलेश सराफ, समाजका वरिष्ठ उपाध्यक्ष सानुमाया राणा लगायत अग्रज, महिला तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

content ad p2

कार्यक्रममा अध्यक्ष थापाले होली पर्व केवल रङहरूको खेल मात्र नभई आपसी भाइचारा, सद्भाव र स्नेहलाई अझ प्रगाढ बनाउने अवसर भएको उल्लेख गरे। समाजमा विद्यमान विभिन्न विचार र पहिचानलाई एकतामा बाँध्ने उद्देश्यले होली मिलन समारोहको आयोजना गरिएको बताउँदै उनले मर्यादा र पारस्परिक सम्मानका साथ पर्व मनाउन सबैमा आग्रह गरे। उनले सम्पूर्णमा होलीको शुभकामना पनि व्यक्त गरे।

त्यसै अवसरमा अतिथि लालबाबु सिंहले समाजले लागूऔषध दुव्र्यसन, बालविवाह, महिला हिंसा, दाइजो तथा बोक्सी प्रथा जस्ता कुरीति विरुद्ध अग्रपंक्तिमा रही सञ्चालन गर्दै आएका जनचेतनामूलक कार्यक्रमहरूको प्रशंसा गरे। उनले होली पर्वलाई आपसी मनमुटाव बिर्सेर एकताको सूत्रमा बाँधिने अवसरका रूपमा मनाउन आग्रह गर्दै यस्ता कार्यक्रमले सामाजिक सद्भाव र भाइचारालाई सुदृढ बनाउन ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले एकअर्कालाई रङ–अबिर लगाई नाचगानसहित हर्षोल्लासपूर्वक पर्व मनाएका थिए। कार्यक्रमको सहजीकरण समाजका सल्लाहकार मार्टिन मोक्तानले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सानू राणाले राखेका थिए।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर