Lucky-Khabar_

पछिल्लो २४ घण्टामा हावाहुरीले गर्दा चट्याङ र सर्पदंशबाट चार जनाको मृत्यु

बिरगंज| पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा आएको हावाहुरी, चट्याङ र सर्पदंशका घटनामा परी चार जनाले ज्यान गुमाएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा देशभर ७३ वटा विपद्का घटना दर्ता भएका छन्। तीमध्ये हावाहुरीका कारण दुई जना, चट्याङबाट एक जना र सर्पदंशबाट एक जनाको मृत्यु भएको हो।

content ad p2

सोमबार साँझ आएको तीव्र हावाहुरीले उदयपुरमा ठूलो क्षति पुर्‍याएको छ। कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ का ६४ वर्षीय वीरेन्द्र चौधरीको रुख ढल्दा ज्यान गएको हो। यही घटनामा पाँच जना गम्भीर घाइते भएका छन्।

प्राधिकरणका अनुसार यी विपद्का घटनामा परी १४ जना घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मौसममा आएको अचानक परिवर्तन र बढ्दो गर्मीसँगै हावाहुरी तथा चट्याङको जोखिम बढ्दै गएको भन्दै सम्बन्धित निकायहरूले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर