Lucky-Khabar_

धनुषामा प्रहरी निरीक्षक मनोज कुमार यादव ‘पुलिस अफ द मन्थ’ घोषित

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक मनोज कुमार यादवलाई २०८२ साल फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ।

content ad p2

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गत कार्यरत यादवले फागुन महिनाभर महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक सम्पन्न गरेपछि उनलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।

यादवले फागुन १९ गते सम्पन्न मिथिला माध्यमिकी अन्तगृह परिक्रमा मेला र २० गतेको होली पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रभावकारी सुरक्षा योजना तयार गरी कार्यान्वयन गरेका थिए। साथै, फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

निर्वाचन अवधिभर उनले जिल्ला प्रहरी कार्यालय धनुषाको निर्वाचन सेलमार्फत विस्तृत सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा ल्याएका थिए। राजनीतिक दलका सभा, जुलुस तथा प्रचार कार्यक्रमलाई व्यवस्थित बनाउन प्रहरी परिचालन गर्दै उनले स्वयं कमाण्डरका रूपमा नेतृत्व गरेका थिए।

यसैगरी, मतदानस्थल तथा केन्द्रहरूको सुरक्षा विश्लेषण गर्दै आवश्यक प्रहरी जनशक्ति परिचालन, मोबाइल गस्ती, निगरानी र चेकजाँचलाई सशक्त बनाउने काममा उनको सक्रियता देखिएको थियो। उनले राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित निकायसँग समन्वय गरी निर्वाचन आचारसंहिता पालना गराउन पनि उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।

मतदानका दिन मोबाइल कमाण्डरका रूपमा खटिएका यादवले मतदान प्रक्रिया सुरक्षित र व्यवस्थित बनाउन योगदान दिएका थिए। मतदानपछि मतपेटिका संकलनदेखि मतगणना स्थलको सुरक्षासम्म उनले प्रभावकारी व्यवस्थापन गरेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले यादवको कर्तव्यनिष्ठा, लगनशीलता र व्यावसायिक दक्षताको प्रशंसा गर्दै उनलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको जानकारी दिएका छन्।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर