Lucky-Khabar_

रास्वपा महानगर कमिटीद्वारा वीरगञ्जमा अगुवा कार्यकर्ता भेटघाट तथा चिया चर्चा सम्पन्न

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महानगर कमिटीको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया र वडा नं. १६ इनर्वामा अगुवा कार्यकर्ता भेटघाट तथा चिया चर्चा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा महानगर अध्यक्ष अमन आलमले पार्टी सरकार गठन भएदेखि हालसम्म गरेका काम तथा आगामी योजनाबारे विस्तृत जानकारी गराएका थिए। उनले पार्टीले हालसम्म कसैलाई पनि कुनै पदका लागि उम्मेदवार घोषणा नगरेको स्पष्ट पार्दै अनावश्यक प्रचारप्रसारमा नलाग्न र त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने जानकारी मुख्यालयलाई गराइसकेको बताए।

content ad p2

अध्यक्ष आलमले जनताले दिएको म्यान्डेटअनुसार देश विकास, सुशासन र समृद्धिका लागि पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, पार्टी सभापतिले कुनै पक्षपात नगरी जनताको सेवामा समर्पित हुन निर्देशन दिएको पनि उनले बताए।

त्यसैगरी, पार्टी कार्यालय सञ्चालनको तयारी अन्तिम चरणमा रहेको र जिल्ला अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य हरि पन्तको सचिवालय कार्यालय समेत केही दिनमै सञ्चालनमा आउने जानकारी गराइयो।

कार्यक्रममा रास्वपाका कार्यकर्ताहरूलाई कसैप्रति धाकधम्की नदिन, सरकारी कार्यालयहरूमा आफ्नो प्रभाव नदेखाउन तथा सम्पूर्ण जनतालाई आफ्नै परिवार सरह व्यवहार गर्दै सरकारी संयन्त्रलाई अझ प्रभावकारी बनाउन सहयोग गर्न आग्रह गरिएको थियो।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर