Lucky-Khabar_

बिरगञ्जमा जेन–जि पर्सा गठन, महादेव प्रसाद कुर्मी संयोजक चयन

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–आदर्शनगरमा आयोजित जेन–जि युवाहरूको भेलाले महादेव प्रसाद कुर्मीलाई जेन–जि पर्साको संयोजक चयन गरेको छ। करिब सयभन्दा बढी युवाहरूको सहभागितामा सम्पन्न कार्यक्रममा संगठनलाई औपचारिक रूप दिँदै ११ सदस्यीय समिति समेत गठन गरिएको छ।

समितिको प्रमुख सल्लाहकारको रूपमा बिरेन्द्र कण्ठको संयोजकत्वमा सल्लाहकार समूह समेत निर्माण गरिएको जनाइएको छ।

content ad p2

कार्यक्रममा जनआन्दोलनका सहिद असाब आलमका भाइ मुराद आलम तथा गम्भीर घाइते रियाजुल हक मियाँलाई विशेष सम्मान गरिएको थियो।

भेलामा विशाल पटेल, ग्यानेन्द्र मण्डल, यादव, प्रतीक पटेल, शेख मुम्ताज लगायतका युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यस्तै सल्लाहकार समूहमा सुशील पटेल, रन्दीप श्रीवास्तव, शेख जम्सेद, विजय पटेल लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण जावेद इकबाल हैदरले गरेका थिए।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर