Lucky-Khabar_

बिरगञ्जमा जेन–जि पर्सा गठन, महादेव प्रसाद कुर्मी संयोजक चयन

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–आदर्शनगरमा आयोजित जेन–जि युवाहरूको भेलाले महादेव प्रसाद कुर्मीलाई जेन–जि पर्साको संयोजक चयन गरेको छ। करिब सयभन्दा बढी युवाहरूको सहभागितामा सम्पन्न कार्यक्रममा संगठनलाई औपचारिक रूप दिँदै ११ सदस्यीय समिति समेत गठन गरिएको छ।

समितिको प्रमुख सल्लाहकारको रूपमा बिरेन्द्र कण्ठको संयोजकत्वमा सल्लाहकार समूह समेत निर्माण गरिएको जनाइएको छ।

content ad p2

कार्यक्रममा जनआन्दोलनका सहिद असाब आलमका भाइ मुराद आलम तथा गम्भीर घाइते रियाजुल हक मियाँलाई विशेष सम्मान गरिएको थियो।

भेलामा विशाल पटेल, ग्यानेन्द्र मण्डल, यादव, प्रतीक पटेल, शेख मुम्ताज लगायतका युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यस्तै सल्लाहकार समूहमा सुशील पटेल, रन्दीप श्रीवास्तव, शेख जम्सेद, विजय पटेल लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण जावेद इकबाल हैदरले गरेका थिए।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर