Lucky-Khabar_

बेवारिसे लास व्यवस्थापन तथा पुनर्जीवन केन्द्रद्वारा वीरगञ्जमा पत्रकार सम्मेलन सम्पन्न

राम आर्य

content ad p2

वीरगञ्ज । बेवारिसे लास व्यवस्थापन तथा पुनर्जीवन केन्द्रद्वारा वीरगञ्जमा एक पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा केन्द्रका केन्द्रीय प्रमुख विनय जुङ्ग बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी सहसंयोजक विनय कुमार श्रीवास्तव, महिला विभाग सहसंयोजक रिता श्रीवास्तव, लेखा सहसंयोजक अरुण श्रीवास्तव, मिडिया सहयोगी अनुराधा श्रीवास्तव, सदस्यहरू आरुची श्रीवास्तव, रिंकु प्रजापति, सचिव प्रेरणा श्रीवास्तव तथा सहसंयोजक नारायण श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो।

पत्रकार सम्मेलनमा केन्द्रले आफ्नो उद्देश्य, हालसम्म गरेका कार्यहरू तथा आगामी योजनाबारे जानकारी गराएको थियो। विशेषगरी बेवारिसे अवस्थामा फेला पर्ने शवहरूको व्यवस्थापन, पहिचानको प्रयास तथा सम्मानजनक अन्त्येष्टि गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिइयो।

कार्यक्रममा उपस्थित वक्ताहरूले यस्ता मानवीय सेवामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गरेर सेवा विस्तार गरिने बताए।

पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर