Lucky-Khabar_

थाइल्यान्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत चर्चामा रहेकी तुल्सा अधिकारी लाई ललितपुर जिल्ला अदालत ले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

content ad p2

न्यायाधीश टेकनाथ गौतम को इजलासले आपराधिक विश्वासघात, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा अधिकारीलाई थुनामा राखेर मुद्दाको अनुसन्धान तथा सुनुवाइ प्रक्रिया अघि बढाउन आदेश दिएको हो।

लामो समयदेखि फरार रहेकी अधिकारीलाई इन्टरपोल को सहयोगमा थाइल्यान्डमा लुकेर बसेको अवस्थामा १७ जेठमा पक्राउ गरिएको थियो। पक्राउपछि नेपाल प्रहरीको समन्वयमा उनलाई नेपाल ल्याई अदालतसमक्ष उपस्थित गराइएको थियो।अधिकारीविरुद्ध दर्ता भएका आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी मुद्दा अब नियमित न्यायिक प्रक्रियामा प्रवेश गरेका छन्। अदालतको आदेशअनुसार उनी मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका लागि थुनामै रहनेछिन्।

थुनामा पठाउने आदेशसँगै उनीमाथि लगाइएका आरोपहरूको न्यायिक परीक्षण सुरु हुने भएको छ। अदालतले आगामी सुनुवाइहरूमा प्रस्तुत प्रमाण, साक्षी तथा अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दाको अन्तिम फैसला गर्नेछ।

सम्बन्धित खबर

स्थानीय समस्याप्रति गम्भीर बन्दै सांसद कानु, वीरगञ्ज–१७ मा नागरिकसँग अन्तरक्रिया स्थानीय

लक्की खबर

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतमा बसन्तबहादुर बोहरा

लक्की खबर

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वयसँग सुझाव संकलन

लक्की खबर