Lucky-Khabar_

स्थानीय समस्याप्रति गम्भीर बन्दै सांसद कानु, वीरगञ्ज–१७ मा नागरिकसँग अन्तरक्रिया स्थानीय

वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानु ले वीरगञ्ज महानगरपालिका–१७ का स्थानीयवासी तथा पार्टी कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।

content ad p2

स्थानीय तहमा रहेका जनसमस्या, गुनासा तथा सुझाव प्रत्यक्ष रूपमा संकलन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीयवासीहरूले खानेपानी, सरसफाइ, सडक तथा पूर्वाधार विकासलगायतका विषय उठाएका थिए। सहभागीहरूले दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित आधारभूत सेवामा सुधार आवश्यक रहेको औंल्याउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।

स्थानीयवासीहरूले नियमित खानेपानी आपूर्ति, प्रभावकारी सरसफाइ व्यवस्थापन तथा विकास निर्माणका कार्यलाई तीव्रता दिन माग गरेका थिए। उनीहरूले जनप्रतिनिधिहरूले स्थानीय आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा समेत व्यक्त गरेका थिए।स्थानीयवासीका गुनासा र सुझाव सुनेपछि सांसद कानुले उठाइएका विषयलाई गम्भीरतापूर्वक लिएको बताउँदै सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। उनले जनताका अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर विकास निर्माण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आफू निरन्तर सक्रिय रहने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कानुले जनप्रतिनिधिको मुख्य दायित्व नागरिकका समस्या सुन्नु, उनीहरूको भावना बुझ्नु र समाधानका लागि आवश्यक पहल गर्नु रहेको उल्लेख गरे। उनले जनताका जायज माग तथा आवश्यकतालाई सम्बोधन गर्न आफू सदैव प्रतिबद्ध रहेको पनि बताए।

अन्तरक्रिया कार्यक्रममा स्थानीयवासी, पार्टी कार्यकर्ता तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध थप सुदृढ हुने तथा स्थानीय समस्याको समाधानमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

सम्बन्धित खबर

थाइल्यान्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लक्की खबर

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतमा बसन्तबहादुर बोहरा

लक्की खबर

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वयसँग सुझाव संकलन

लक्की खबर