Lucky-Khabar_

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, गोमा तामाङले सक्रिय राजनीति छोड्ने घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो प्रदेश अधिवेशनबाट चन्द्रबहादुर राई प्रदेश सभापतिमा निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न निर्वाचनमा उनले निकटतम प्रतिद्वन्द्वीहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै नेतृत्व हात पारेका हुन्।

content ad p2

निर्वाचन परिणामअनुसार मोरङका राईले २८० मत प्राप्त गरी विजय हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी गोमा तामाङ ‘सरिन’ले १४१ मत प्राप्त गरिन्। यस्तै, सभापतिका अन्य उम्मेदवार चन्द्रकुमार गौली ‘निरज’ले २७ मत तथा डा. खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरेका थिए।

यद्यपि निर्वाचन प्रक्रिया विवादरहित भने रहन सकेन। मतदानकै क्रममा केन्द्रीय तहका नेता तथा सांसदहरूले प्यानल बनाएर उम्मेदवारहरूको सूची वितरण गरेको आरोप लगाउँदै सभापति पदकी उम्मेदवार तामाङले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेकी थिइन्। पार्टीभित्र आन्तरिक लोकतन्त्रको पक्षधर नेतृका रूपमा चिनिएकी तथा हालसम्म कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आएकी तामाङको पराजयले रास्वपाभित्र रहेको असन्तुष्टिको संकेतसमेत दिएको विश्लेषण गरिएको छ।

पराजयपछि गोमा तामाङले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेकी छन्। सामाजिक सञ्जालमार्फत मतदाता, समर्थक तथा शुभेच्छुकहरूलाई धन्यवाद दिँदै उनले आफूले राजनीतिक यात्रामा ‘बिट मारेको’ उल्लेख गरेकी हुन्।

कोशी प्रदेशमा नयाँ नेतृत्व चयनसँगै रास्वपाले संगठन विस्तारको नयाँ चरणमा प्रवेश गरेको भए पनि अधिवेशनमा देखिएको प्यानलगत प्रतिस्पर्धा, निर्वाचन प्रक्रियामाथि उठेका प्रश्न र पराजित पक्षको असन्तुष्टिले पार्टीको आगामी राजनीतिक यात्रालाई चुनौतीपूर्ण बनाउने संकेत देखिएको छ।

सम्बन्धित खबर

बिरगंज महानगरपालिकाको कार्यवाहक मेयरमा इम्तियाज आलम

लक्की खबर

गौरसंगै दर्जनौँ बस्तीमा डुबानको जोखिमको चिन्ता

लक्की खबर

७६ क्याप्सुल कोकिन पेटबाट निकालियो, तीन विदेशी नागरिक ठमेलबाट पक्राउ

लक्की खबर