Lucky-Khabar_

आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा

काठमाडौं| आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ। नवगठित १०५ सदस्यीय केन्द्रीय कमिटीको अध्यक्षमा नरेश तुराहा चयन भएका छन्।

content ad p2

आजपा प्रवक्ता तिलक थापामगर ले जारी गरेको विज्ञप्तिअनुसार कमिटीको उपाध्यक्षमा बालाशंकर कुशवाहा, मिनादेवी साह, आर्या पाण्डे र विरवल कुशवाहा चयन भएका छन्। महासचिवमा रामशरण यादव तथा उपमहासचिवमा प्रदिप विक्रम शाह, जयलाल मेहता, पुजा कुशवाहा र विनोद साहलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी सचिवमा दिनेश सहनी, चन्द्रिका साह, दिपेन्द्र रजक, सृजना मोची र परमेश यादव रहेका छन् भने सहसचिवमा मौजेला यादव, प्रमोद साह, विकेश यादव, अफ्रोज आलम, राहुल गुप्ता र ममता साह चयन भएका छन्।

नवगठित कमिटीमा विभिन्न जिल्ला तथा समुदायका प्रतिनिधित्व सुनिश्चित गर्दै साहिल साह, प्रजिता आले मगर, रोजीना तामाङ, रुपेश तामाङ, महेश यादव, रिंकी कुमारी गुप्ता, सरोज ऋषिदेव, देवेन्द्र कुशवाहा, राजिव रजक, प्रिन्स साह, मुकेश रंगिला, संजय चौरसिया, नविन कुशवाहा, दिपेन्द्र जयसवाल, नविन चौधरी, मुकेश यादव, प्रदिप पटेल, उमेश पाण्डे, राधेश्याम साह, अमरलाल साह, राजेश वैठा, सरोज साह, नविन साह, उपेन्द्र जयसवाल, कृष्ण कुशवाहालगायत सदस्य रहेका छन्।

पार्टीले सूचना प्रविधि, डिजिटल अभियान तथा संगठन विस्तारलाई प्रभावकारी बनाउन आईटी आर्मीको केन्द्रीय संरचना पुनर्गठन गरिएको जनाएको छ। नवगठित कमिटीले पार्टीका डिजिटल गतिविधि, सूचना प्रवाह र जनसम्पर्क अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर