Lucky-Khabar_

कमन जेनजी नेपालको केन्द्रीय समिति विकेश साहको अध्यक्षमा पुनर्गठन

वीरगञ्ज । विभिन्न जेनजी समूह तथा घटकलाई एकीकृत गर्दै कमन जेनजी नेपाले १०५ सदस्यीय केन्द्रीय समिति पुनर्गठन गरेको छ। पुनर्गठित समितिको अध्यक्षमा विकेश साह चयन भएका छन्।

content ad p2

नवनिर्वाचित अध्यक्ष साहले कमन जेनजी नेपाल कुनै राजनीतिक दलको भातृ संगठन नभई विभिन्न जेनजी समूहहरूको साझा मञ्चका रूपमा पुनर्गठन गरिएको बताए। पछिल्लो समय जेनजी आन्दोलनका मुद्दा र एजेन्डा ओझेलमा परेकाले ती विषयलाई पुनः स्थापित गर्न सबै जेनजी शक्तिलाई एकताबद्ध बनाउने उद्देश्यले संगठन विस्तार गरिएको उनले जानकारी दिए।

उनले वर्तमान सरकारले जेनजी आन्दोलनका माग र मुद्दालाई बेवास्ता गरेको आरोप लगाउँदै सरकारलाई दबाब दिन तथा साझा आवाज उठाउन सबै जेनजी समूह एकजुट हुनुपर्ने आवश्यकता औँल्याए। साथै, विभिन्न समूहमा विभाजित जेनजीहरूलाई साझा उद्देश्यका लागि एकीकृत भएर अघि बढ्न आह्वानसमेत गरे।

पुनर्गठित समितिको उपाध्यक्षमा उज्जवल शर्मा र सोनिया पटेल, महासचिवमा रोनिश साह, उपमहासचिवमा जग्गु मण्डल,दिलिप साह रअफ्रोज आलम, सचिवमा ललन साह र राहुल यादव तथा कोषाध्यक्षमा समृद्धि रेग्मी चयन भएका छन्।

त्यस्तै कृष्णमोहन सहनी, इन्चार्ज र प्रदीप साह,सहइन्चार्ज तोकिएका छन्। समितिमा विकास झा, सुभाष ठाकुर, अभिषेक अधिकारी, सन्नी ठाकुर, धीरेन्द्र साह, प्रसुना आचार्य, मनिष यादव, रञ्जन महतो, सुशान्त साह, रोहित कुशवाहा, आर्यन कुशवाहा, एमडी तौसिर राजा, मुरली साह, आर्यन थापा, किशोर केसी, दिपेन्द्र सिंह कुँवर, करण यादव, आभाष चौधरी, ऋषी साह, गौतम साह, राकेश साह, पृथ्वीकुमार साह, कृष्ण दास, दिलिप रजक, धर्मेन्द्र साहलगायत सदस्य रहेका छन्।

महासचिव रोनिश साहका अनुसार हाल १०५ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको छ। आगामी केही दिनभित्र सातै प्रदेश तथा देशभरका जिल्लामा संगठन विस्तार गर्दै कमन जेनजी नेपालको संगठनात्मक सञ्जाल विस्तार गरिने उनले जानकारी दिए।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर