Lucky-Khabar_

गौर–पुरेनवा सडकमा रगतले लतपतिएको शंकास्पद बोरा फेला, प्रहरीले अनुसन्धान सुरु

वीरगञ्ज । रौतहटको सदरमुकाम गौरबाट पुरेनवातर्फ जाने सडकखण्डमा रगतले लतपतिएको अवस्थामा शंकास्पद बोरा फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

content ad p2

जिल्लाको हनुमान मन्दिर नजिक सोमबार बिहान उक्त बोरा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर क्षेत्रलाई सुरक्षा घेराभित्र राख्दै अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार बोराभित्र के रहेको भन्ने विषय अझै खुल्न सकेको छैन। घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि बोरा खोली त्यसको परीक्षण गरिने र त्यसपछि थप विवरण सार्वजनिक गरिने जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनाको प्रकृति, कारण तथा बोराभित्र रहेको वस्तुबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रहरीले आधिकारिक जानकारी सार्वजनिक नभएसम्म कुनै पनि अपुष्ट सूचना, हल्ला वा अफवाहमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षको अनुसन्धान भइरहेको जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानको प्रगतिसँगै सार्वजनिक गरिने बताइएको छ।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर