Lucky-Khabar_

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

काठमाडौं | सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको झडपका क्रममा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ।

content ad p2

सहमतिपछि पीडित परिवारले उठाउँदै आएका प्रमुख मागहरू सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ। सहमतिअनुसार घटनामा ज्यान गुमाएका दुवै युवकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइनेछ भने प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ।

यस्तै, घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही अघि बढाइने, पीडित परिवारका एक–एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने तथा घटनासम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको छ।

सहमतिमा मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने विषय पनि समेटिएको छ। सरकारले सहमतिका सबै बुँदा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।यस सहमतिसँगै घटनापछि उत्पन्न तनाव कम हुने र पीडित परिवारले न्याय पाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर